प्रतिनिधिसभा निर्वाचनका लागि एमाले इलामबाट खनाल र नेम्वाङ सर्वसम्मत उम्मेदवार सिफारिस

0 20

इलाम २१ असोज । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । ‘खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उहाँहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो’, एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाले भने ।

पूर्वप्रधानमन्त्री खनाल इलाम क्षेत्र नं १ र नेम्वाङ २ का सांसद हुन् । जिल्लाका दलहरू अहिले निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा शहरदेखि गाउँसम्म छलफलमा जुटेका छन् । जिल्लास्थित एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलका नेता कार्यकर्ताभित्र उम्मेदवारको नाममा छलफल चलिरहेको छ ।