सदस्य मनोनयनको विषयलाई लिएर विवाद,१३ औं दक्षिण एसियाली खेलकुद बैठक शुक्रबार पनि बस्न सकेन

0 29

काठमाडौं २१ असोज । सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको बैठक सोही विवादका कारण शुक्रबार पनि बस्न सकेन ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित उक्त समितिको बैठक शुक्रबार बिहान ११ बजे मन्त्रालयमा बोलाइएको थियो । तर, सातजना सदस्य मनोनयनको विषयलाई लिएर पुनः समस्या देखिएपछि सदस्यहरुलाई शुक्रबार बिहानै ‘प्राविधिक कारण’ ले बैठक स्थगत भएको जानकारी गराइएको थियो ।

राजनीतिक आस्थाका आधारमा सदस्य मनोनयनको विषयलाई लिएर साग तयारी समितिको बैठकसम्म बस्न नसकेपछि १३ औं साग निर्धारित समयमै आयोजना हुने विषय थप अन्योलमा परेको छ ।