सांस्कृतिक अभियानमा ‘द्वन्द्वका घाउहरु’सांस्कृतिक अभियानमा ‘द्वन्द्वका घाउहरु’

0 18

काठमाडौं । जनसांस्कृतिक महासंघले देशव्यापी सांस्कृतिक अभियान सञ्चालन गर्ने भएको छ । गत वैशाख ५ देखि ७ गतेसम्म काठमाडौंको रत्नपार्कमा संचालनगरी सुरु गरिएको जनसांस्कृतिक अभियानलाई पुन निरन्तरता दिने निर्णय महासंघले गरेपछि कार्यक्रमको तयारी शुरु गरिएको महासंघका अध्यक्ष एवं राष्ट्रिय जनकलाकार हिरालाल भुजेलले जानकारी दिनुभयो ।

जनसांस्कृतिक कार्यक्रममा विशेषरुपमा यथार्थ घटनामा आधारित नाटक ‘द्वन्द्वका घाउहरु’ र साथसाथै विभिन्न जनवादी गीत र प्रस्तुतीहरु देखाइने तयारी भइरहेको छ । दशवर्षसम्म मुलुकमा चलेको सशस्त्र द्वन्द्वका कारण जनताले भोग्नु परेको अन्याय, समस्या, दुखपीडा र विदेशीनु परेको दुखद् यथार्थपरक सामाजिक घटनाहरुको कथावस्तुलाई नाटक ‘द्वन्द्वका घाउहरु’ मार्फत् देखाइने छ ।

जनसांस्कृतिक अभियान संचालन गर्नुको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्रिय जनकलाकार एवं महासंघका अध्यक्ष भुजेलले मुलुकमा लामो संघर्ष पछि प्राप्त उपलब्धीहरुले दशवर्षे जनयुद्ध र जनआन्दोलनको मुलभुत उद्देश्य पुरा गर्न नसकेकोे, द्वन्द्वपीडित, घाइते र वेपत्ता परिवारको उचित सम्बोधनसमेत हुन नसेको र समग्र उपलब्धिले नै सार्थकता पाउन नसकेको मुल्यांकन गर्दै मुलुकमा फेरी नौलो ढंगको क्रान्ति आवश्यक देखिएपछि सशक्त रुपमा क्रान्ति अगाडि बढाउन र नौलो क्रान्तिको सन्देश प्रवाह गर्न जनसांस्कृतिक अभियान संचालन गर्न लागेको स्पष्ट पार्नुभयो ।