छ वर्षीया बालिकाको स्वरमा राष्ट्रिय गीत

0 450

काठमाडौं । छ वर्षीया बालिकाको स्वरमा राष्ट्रिय गीत रेकर्ड गरिएको छ । साहित्यकार प्राध्यापक मोहन ज्ञवालीको शब्द तथा मोहन मगरको संगीत रहेको ‘संसारमै अग्लो छ मेरो देश नेपाल’ बोलको राष्ट्रिय भावनाको गीतमा छ वर्षीया बालिका अनन्नीया ज्ञवालीले स्वर दिएकी हुन् । अनन्या हाल नवोनित टड्लर्स जोन स्कुल कुलेश्वरमा कक्षा १ मा अध्ययनरत छात्रा हुन् । सानै उमेरमा मीठो स्वर र गानय क्षेमता भएकी अनन्यालाई आफ्नै बुबा आमाले गीत गउन लगाएका हुन् ।

छोरीको स्वर र उनको क्षेमतालाई बुझेर उनको स्वरमा गीत रेकर्ड गराएको अनन्याका बाबु आनन्द ज्ञवालीले बताए । गीतको म्युजिक भिडियो समेत तयार भइसकेको छ । म्युजिक भिडियोमा समेत अनन्याले मोडलिङ गरेकि छिन् । एमआर क्रियशनले निर्माण गरेको सो भिडियोको छायाँकन तथा सम्पादन अमृत सागरले गरेका हुन् ।