चीनको रेल कूटनीति-जापानसँग तीव्र गतिको रेल युद्ध

0 22

काठमाडौं, ११ असार  । हालै प्रकाशित समाचारअनुसार चीनको ‘हाइ-स्पिड’ रेलमार्गले नयाँ उचाइ पाएको छ । बेइजिङ र सांघाईबीचको रेलमार्गले यसअघिभन्दा तीव्र गति हासिल गरेको छ ।

यसको मानकीकृत ईएमयुको सुरुवातका लागि धन्यवाद छ, चीनलाई । अन्यथा यसलाई रेलहरुको अधिकार पत्र ‘फुक्सिङ’का रुपमा मात्र चिनिने थियो । यस मुख्य सञ्जालको गति तीन सयबाट तीन सय ५० किलोमिटर प्रतिघण्टामा बढेको छ । र, यात्राको समय चार घण्टाभन्दा कम भएको छ ।

चीनको घरेलु उच्च गतिको रेलमार्ग निरन्तर विस्तार हुँदैछ । यसको सञ्जाल यसअघि नै संसारको सबैभन्दा ठूलो छ । कम्तिमा २२ हजार किमिको दूरीको सञ्जाल तयार भइसकेको छ । र, अत्यधिक तीव्र गतिमा यसलाई जोड्ने काम भइरहेको छ ।

केही समस्याका बावजुद एक ठूलो पहलका साथ आशाको राजमार्ग तयार हुँदैछ । चीनको उच्च गतिको रेल परियोजना कुशल, सुरक्षित, सस्तो र घरेलु यात्रीहरुबीच लोकपि्रय पनि छ ।

चिनियाँ कम्पनीहरु पछिल्ला वर्षमा यस्तै रेलमार्ग निर्माणका लागि विदेशमा पनि पुगेका छन् । तथापि, यो हालसम्म ‘हाइ-स्पिड’को विविधताभन्दा परम्परागत रुपमै गरिँदै आएको छ । ‘हाइ-स्पिड कनेक्सन’ एकदमै महँगो छ । खासगरी, कम जनघनत्व रहेका मुलुकहरु ऋणमा डुब्ने त्रासका कारण यसमा लगानी गर्न हिच्किचाइरहेका छन् ।

अपि|mकी मुलुकहरु अंगोला, अल्जेरिया, केन्या, सुडान, इथियोपिया, जिबुटी र अदिस अबाबामा चीनले परम्परागत रेलमार्ग निर्माण गरिसकेको छ । चिनियाँ रेल कम्पनीहरु गिनी, सेनेगल, नाइजेरिया, युगान्डा, रुवान्डा र दक्षिण सुडानमा पनि काम गरिरहेका छन् । तीमध्ये केही रेलमार्गले सीमापार ‘कनेक्टिभिटी’ तयार पार्दैछन् ।

अपि|mकाबाहिर विदेशी रेलमार्ग परियोजनाहरुको प्रगति यति तीव्रतर छैन । घरेलु र क्षेत्रीय अर्थतन्त्रहरुको तीव्रतर विकासका लागि चिनियाँ कम्पनीहरुले रेलमार्ग निर्माणको अनुमति पाइरहेका छन् ।

युरोपमा उदाहरणका लागि सर्बियाको बेलग्रेडबाट हंगेरीको बुडापेस्ट जोड्ने प्रस्तावित मार्ग चिनियाँ कम्पनीहरुले नै निर्माण गरेका हुन् । र, त्यसलाई गि्रसबाट एथेन्ससम्म विस्तार गर्न सकिने सम्भाव्यता थियो ।

यद्यपि, युरोपियन युनियनको एक निर्णयका कारण काम अगाडि बढ्न सकेन । खासगरी, ठेक्का दिइने प्रक्रियाबारे युरोपियन युनियनले अनुसन्धान गर्ने बताएको थियो । र, आफ्नो प्रतिस्पर्धा कानुन उल्लंघन भएको दाबी गरेको थियो ।

अपेक्षाकृत गरिब मानिने बाल्कन क्षेत्रको उन्नतीमा कोशेढुंगा बन्न सक्ने परियोजनामाथि युरोपियन युनियनको तिखो नजरको कारण थियो, चिनियाँ कम्पनीहरुप्रति उसको शंका । चीनको उद्देश्य र व्यापारिक अभ्यासप्रति युरोपियन युनियनको शंकाले परियोजनामै ढिलाइ भयो, जुन आगामी नोभेम्बरदेखि निर्माण सुरु हुँदैछ ।

टर्कीमा अंकारा र इस्तानबुलबीच चिनियाँ कम्पनीले नै तीव्र गतिको रेलमार्ग निर्माण गरेको थियो । उक्त परियोजना सन् २०१४ मा पुरा भएको थियो । चीनबाहिर सफलतापूर्वक सम्पन्न भएको त्यो पहिलो तीव्र गतिको रेलमार्ग थियो ।

अर्कातर्फ सिंगापुर र मलेसियाको राजधानी क्वालालम्पुरबीच त्यस्तै परियोजना निर्माण हुने क्रममा छ, जसमा पनि चिनियाँ कम्पनीकै संलग्नता छ । एसियाभरि चिनियाँ प्रविधिको कोशेढुंगाका रुपमा तीव्र गतिको रेलमार्ग तयार हुने/नहुने समयले नै बताउने छ ।

चीन-जापान रेल युद्ध

इन्डोनेसियामा नयाँ रेलमार्ग निर्माणमा चीन र जापानबीच ठेक्का हात पार्ने प्रतिस्पर्धा चलिरहेको छ । दुवैले राजधानी जाकार्तालाई बाह्य शहरहरुसँग जोड्ने एक ठेक्का हात पारेका छन् । तथापि, परियोजना कछुवाको गतिमा छ ।

भारतमा जापानले हालै मुलुककै पहिलो तीव्र गतिको रेलमार्ग निर्माणको ठेक्का पाएको छ, जसले मुम्बई र अहमदावादलाई जोड्ने छ । यसले दुर्भाग्यवस एसियामा ‘उच्चगति रेल युद्ध’को प्रतिनिधित्व गर्छ ।

भारत सरकार चीनलाई खतराका रुपमा हेर्छ । सोही कारण बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को हिस्सा बन्न हिच्किचाइरहेको छ । र, चिनियाँ कम्पनीहरुका साथ लगानीमा संलग्न हुन पनि तयार देखिँदैन ।

हेर्न बाँकी छ, हिमालयको माध्यमबाट तिब्बत र नेपालबीच प्रस्तावित रेलमार्गप्रति कस्तो प्रतिक्रिया जनाउने छ, भारतले । जुन, योजनाकै चरणमा छ । नेपाल-भारत सम्बन्ध कायम रहन सक्छ । तर, भारतीयहरुको व्यवहारका कारण नेपालमा भारतप्रतिको विश्वास र आत्मीयतामा कमि देखिँदै आएको छ ।

फेरि पनि, शोधकर्ताहरु ड्रयागन पेव्लिभिक र अगाथा क्रेजले उच्च प्रभाववाला वैज्ञानिक जर्नल प्यासिफिक रिभ्युमा लेखेका छन्, यो खतराको रुपमा चीनको विदेशी उच्च गतिको रेलमार्ग निर्माणमा देख्नु अनावश्यक हो । तीव्र गतिको रेल कूटनीतिमा चीनले जोड दिँदै आएको छ, ‘यसले कुनै सुरक्षा खतराको प्रतिनिधित्व गर्दैन ।’

अन्तर्राष्ट्रिय स्तरमा चिनियाँ रेल परियोजनाहरुको विस्तार यसमा जोडिने सबै मुलुकका लागि कनेक्टिभिटी र व्यापार बढाउने अवसरका रुपमा हेर्नुपर्नेमा चीनको जोड देखिन्छ । पेव्लिभिक र क्रेजले उल्लेख गरेअनुसार जापानी कम्पनीहरु एसियाको आसपासमा ‘हाई-स्पिड’ रेल निर्माणमा जुटिसकेको भने स्पष्ट छ । किनभने, चिनियाँ कम्पनीहरु पहिलो स्थानमा यस्ता परियोजनाहरु अगाडि बढाउन चाहन्छन् ।

चीनको तुलनामा जापानी कम्पनीहरु यस्ता परियोजनाका लागि साधन, स्रोत सम्पन्न छन् ।

उच्च गतिको रेलमार्ग संसारभर स्वीकार्य र वाञ्छनीय यातायात प्रविधि हो । यस्ता परियोजनामा प्रवेश गर्न चाहन्छन्, सबै मुलुक । बजारमा चिनियाँ कम्पनीहरुको विशेषज्ञता र प्रतिस्पर्धात्मक क्षमता हरेक मुलुकका लागि फाइदाजनक पनि देखिन्छ । त्यसैले सबैजसो मुलुक चीनबाट सहयोग प्राप्त गर्न उद्यत देखिन्छन् ।

र, अन्त्यमा,

एसिया, युरोप, मध्यपूर्व र पूर्वी अफ्रिकासँग गाँसिनका लागि चीन बीआरआई परियोजनाको विकासमा दत्तचित्त देखिन्छ । यसले निकट भविष्यमै अन्तर्राष्ट्रिय यातायात प्रणालीमा कायापलट गराउने आशा गर्न सकिन्छ । यसको लाभ चीनले मात्र होइन, सारा विश्वले उठाउन पाउनेमा द्विविधा छैन । साभा ग्लोबल टाइम्स