साउदी अरेबियाका महिलालाई गाडी चलाउन दिने आदेश जारी

0 31

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका छन्। महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ। साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन्।

महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए।

जरिवाना

विश्वमा साउदी अरेबिया एकमात्र मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाउँदैनन्। विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्रै सवारी चालक अनुमतिपत्र पाउने गर्छन्। गाडी चलाउन नपाउने सरकारी नीतिको अवज्ञा गरेको आरोपमा केही महिलाहरुले जरिवाना तिर्नुका साथै जेल समेत जानुपरेको थियो। गत हप्ता एकजना धर्मगुरुले महिलाहरुले गाडी चलाउन नसक्ने बताएपछि विवाद निम्तिएको थियो।

‘महत्त्वपूर्ण कदम’

संयुक्त राज्य अमेरिकाले महिलालाई पनि गाडी चलाउने दिने साउदी राजाको आदेश मानवअधिकारको दिशामा एउटा ‘महत्त्वपूर्ण कदम’ भएको प्रतिक्रिया दिएको छ।
गाडी चलाएकै कारण विगतमा जेल गएकी एकजना महिला अभियानकर्मी मनाल अल-शरिफले साउदी अरेबिया अब ‘फेरि पहिला जस्तो नहुने’ भन्दै ट्वीट गरेकी छन्। अर्की अभियानकर्मी सहर नासिफले जेद्दाहमा बीबीसीलाई भनिन्, “म धेरै नै उत्साहित छु र खुशीले झुमिरहेकी छु।” उनले अब आफूले कालो र पहेंलो रंगको कार किन्ने बताइन्।

साउदी अरबका केही रोचक तथ्य, जुन तपाईंले थाहा नपाएको हुनसक्छ !
महिलालाई काम गर्न मनाही :

साउदी अरबमा दशकौंसम्म महिलाहरुलाई बाहिरी काम गर्न मनाही गरिएको थियो । त्यसबेला महिलाहरुको भित्री पहिरन बेच्ने पनि पुरुष नै हुने गर्थे । धेरै पछि मात्र सन् २०१२ को शुरुवात देखि चाँही महिलाहरुको भित्री पहिरन (undergarment) बेच्ने स्थानमा पुरुषलाई निषेध गरियो । जसबाट कम्तीमा महिलाको भित्री पहिरन बेच्न नै सही, त्यो देशका महिलालाई काम गर्ने अधिकार प्राप्त भयो ।

महिला र पुरुषको संख्यामा धेरै ठूलो अन्तर :

साउदी अरबमा २५ वर्षभन्दा कम उमेरका यूवाको संख्या त्यो देशको कूल जनसंख्याको आधा छ । हरेक चार जनामा तीन साउदी ३५ वर्षभन्दा कम उमेरका छन् । यो देशका महिलाको संख्याभन्दा पुरुषको संख्या बढी छ । यहाँ पुरुष र महिलाको अनुपात १ः३७ छ ।

संविधान नभएको देश साउदी अरब :

साउदी अरबलाई संविधान नभएको देश भनिन्छ । यो देश मुसलमानहरुको धार्मिक ग्रन्थ कुरान अनुसार चलेको छ । जसलाई सरिया कानुन भनिन्छ ।

खेलिन्छ अनौठो खेल :

साउदी अरब कारको शौखिन देशको रुपमा चिनिन्छ । यो देशमा साइडवाक स्किइंग (sidewalk skiing) नामको अनौठो खेल खेलिन्छ । जसमा गाडीलाई एकातर्फको दुई पांग्रामा गुडाउने गरिन्छ ।

साउदी अरबमा छैन कुनै नदी र जलकुण्ड :

साउदी अरबमा कुनै नदी र जलकुण्ड छैन । यहाँको पानीको मूख्य स्रोत समुद्रको पानी नै हो भने ठूलो मात्रामा अन्डरग्राउन्ड पानीको भण्डार पनि बनाइएको छ । यहाँ समुद्रको पानीलाई रिफाइन गरेर पिउनलायक बनाइन्छ । त्यसैले यहाँ तेलभन्दा पानी महँगो छ ।

गैर–मुस्लिमलाई नागरिक बन्न बन्देज :

साउदी अरबमा गैर–मुस्लिमलाई नागरिकता पाउनबाट रोक लगाईको छ । यहाँ गैर–मुसलमान धर्मको प्रदर्शन गर्नु अपराध मानिन्छ भने समलैंगिकता (homosexuality) लाई पनि गैह्र–कानुनी मानिन्छ ।

साउदी महिला र भोटिङ राइट्स :

साउदी अरब संसारको अन्तिम देश हो, जसले महिलाई मतदान गर्ने अधिकार दियो । सन् २०११ मा साउदी राजा शेख अब्दुल्लाले आदेश दिएर म्युनिसिपल इलेक्सनमा महिलाले भोट हाल्न पाउने अधिकार दिएपछि मात्र साउदी महिलाले पुरुषसरहको भोटिङ राइट्स पाएका हुन् ।

महिलालाई एक्लै बिदेश घुम्न बन्देज :

कुनै पनि साउदी अरेबियन महिला एक्लै वा पुरुषको साथ बेगर देश छोडेर अन्त (विदेश) जानपाउँदैनन्