नक्साल डोजोमा ग्रेडिङ सम्पन्न

0 32

काठमाडौं – नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालमा सिनियर तथा जुनियर खेलाडिहरुको ग्रेडिङ्ग परिक्षा गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै संघले सिनियर तर्फ ब्ल्याक बेल्ट देखि जुनियर ह्वाइट बेल्टसम्मका खेलाडिहरुले ग्रेडिङ्ग परिक्षा गरेको छ ।
कार्यक्रममा ब्ल्याक बेल्ट ग्रेडिङ्ग तर्फ एलिशा सेढाई, सुमित भोलन र कन्चन जिमी उत्तीर्ण हुन सफल भएका छन् भने जुनियर ब्राउन देखि सिनियर ब्राउनसम्म नबिन हिंगमांग सफल भएका छन् ।

त्यसैगरी हाफ ग्रीन बेल्टबाट उत्तीर्ण हुन सफल हुने हरुमा बलराम आचार्य, निरोज अधिकारी, रिकेश भण्डारी, कस्तूरी लिम्बु, शौरभ शाही र निशान ठाकुर सफल भए भने ग्रीन बेल्ट देखि उत्तीर्ण हुनेहरुमा बिकेश बस्नेत, सोहन गौतम, सुजल खड्का, कृतिका श्रेष्ठ, अभिषेक उप्रेती, कृतिका लिम्वु, शुसान्त शेर्पा रोशन सुनार रहेका छन् ।

त्यसैगरी रेहन जावेद, मनीषा सिंह, सुदिप कार्की, अशोक कार्की, ईमानुयल ठटाल, प्रीतम राई र सनम लीम्बुले अरेन्ज बेल्ट बाट परिक्षा उत्तीर्ण गरेका छन् ।

सोही ग्रेडिगंमा ह्वाईट बेल्टबाट अभय खपाँगी ,संजीप नेपाली, अशोक तामाँग, बिकाश श्रेष्ठ, सागर राई, निशान श्रेष्ठ, प्रशन्न बस्नेत, अग्रता भट्टराई, पृथ्वी अग्रवाल, युनिशान गुरुंग, पृथ्वी गुरुंग, अभिनव गुरुग, शौरभ शाही, निशान्त ठाकुर, ईशान श्रेष्ठ, संजीप थापा, सुसान्त सुवेदी, नुरिशा निरौला, निभन निरौला, कपिल थापा, नवीन कुँवर, मोहम्मद सलीम, रितु भण्डारी, मिना राई उत्तीर्ण हुन सफल भएका छन् ।

४९ जना खेलाडीहरु सहभागी रहेको ग्रेडिङ्ग परिक्षा नेपाल सितोरियो कराते संघका सचिव र प्रबक्ता एबं नेपाल स्वयम् सेबक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष गजेन्द्र बहादुर खपाँगी ’ईश्वर’ ले लिएका थिए । उक्त ग्रेडिंगमा पुरुष तर्फ रेहन जावेद र महिला तर्फ प्रज्ञा खपाङ्गी उत्कृष्ट खेलाडी ठहरिए ।