नेकपा एमाले आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्न एमाले तयार

0 23

चितवन ,१० असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्न एमाले तयार रहेको बताएका छन् ।

मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले तालमेलका लागि माओवादी तयार भए एमाले पछि नहट्ने बताए । अब एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव नभएको भन्दै उनले वाम तालमेल हुनुपर्नेमा जोड दिए ।

प्रदेश २ को निर्वाचनमा तपाईंको जिल्लामै एमाले पराजित हुनुपपर्‍यो  नि भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले भने, ‘आन्तरिक कमजोरी र सरकारको बदमासीको कारण परिणाम सोचेजस्तो भएन । तर निराश हुनुपर्ने अवस्था छैन ।’

उनले आगामी निर्वाचनमा काठमाडौं र रौटहट दुवै जिल्लाका कार्यकर्ता र जनतासँग सल्लाह गरेर उम्मेद्वारी दिने बताए ।