पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी

0 32

पर्सा,५ असोज । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा ठोरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शान्ति माया थिङ निर्वाचित भएकी छन् ।

अध्यक्ष श्रेष्ठले २८०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका जितबहादुर श्रेष्ठले भने २३६३ मत पाए । त्यस्तै उपाध्यक्ष थिङले २४८३ मत पाइन् भने निकटतम प्रतिद्वन्दी एमालेले २३०२ ल्याएकी छन् ।

योसँगै माओवादीले तेस्रो चरणको स्थानीय चुनाव भएको प्रदेश नम्बर २ मा तीन स्थानमा जितन सफल भयको छ । यसअघि माओवादीले सिरहाको कर्जन्हा नगरपालिका र अर्नामा नगरपालिकामा जित हासिल गरेको थियो । उसले अहिलेसम्म २० स्थानमा अग्रता लिइरहेको छ ।