दुगड ग्रुप लाई ठगी मुद्दा

0 36

काठमाडैं,५ अशोज । जिल्ला अदालत, काठमाडौंले ठगी मुद्दामा दुगड ग्रुपद्धारा सञ्चालित दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा कार्यरत् चार जना कर्मचारीलाई थुनामा राख्ने आदेश जारी गरेको छ ।

अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार कम्पनीका अरु चार जना सेयर होल्डरविरुद्ध अदालतमा हाजिर हुनसमेत म्याद जारी गरेको छ ।

गयको भदौ १२ गते जिल्ला प्रसाशन र अपराध अनुसन्धान महाशाखा कार्यालयको टोलीले काठमाडौंको सतुंगलमा दुगड ग्रुपद्धारा सञ्चालित कम्पनीको गोदाममा छापा मारेको थियो । झन्डै चार सय ड्रम मिति गुज्रेको टाटापुरी म्याङ्गो पल्प भेटियको थियो ।

म्याद नाघेका वस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाममा शिल बन्दी गरिएको थियो । महाशाखाका अनुसार दुई वर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरी कम्पनीले फ्रुटी जुस उत्पादन गदै आयको थियो ।

अदालतका अनुसार कम्पनीका कर्मचारीहरू प्रमोद मेहता, गाब्रिएल रियाप्टन (भारतीय नागरिक), मदनबाबु पाण्डे र शिबराज पोखरेलविरुद्ध पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी भएको छ ।

त्यस्तै कम्पनीका शेयर होल्डरमध्ये सुरेन्द्रा दुगड, मालचन्द्र दुगड, सरदा दुगड र विवेक दुगडविरुद्ध हाजिर हुन म्याद जारी गरिएको छ । उनीहरूलाई ३० दिनभित्र अदालतमा हाजिर हुन म्याद जारी गरिएको हो ।

गत वर्ष पनि दुगड फुड्सको गोदाममा छापा मारेर दुई लाख प्याकेट फ्रुटी नष्ट गरिएको थियो ।