नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्गको (डीपीआर) परिमार्जन गर्ने

0 37

काठमाडौं, ४ असोज । नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्गको प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० परिमार्जन गर्ने भएको छ । भारतीय कम्पनी आईएल एण्ड एफसीेले तयार पारेको डीपीआरलाई पुनरावलोकन गरिरहेको सेनाले केही परिमार्जन सहित त्यसलाई स्वीकार गर्ने बताएको हो ।

आज संसदको विकास समितिका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी तथा द्रुतमार्गको निर्देशक समितिका संयोजक योगेन्ऽबहादुर खाँडले सेनाले फास्ट ट्रयाकको पुुरानो प्रस्तावित डीपीआरमा हेरफेर गर्न लागिएको जानकारी दिए ।

उनकाअनुसार भूकम्को जोखिम बढीरहेकाले ७५ मिटर अग्ला पुलको उचाइ घटाएर बनाउन लागिएको बताए । उनले ९ महिनाभित्र डीपीआरको पुनरावलोकन सकिने पनि जानकारी दिए ।

‘हामी ४ वर्षभित्र दु्रतमार्ग बनाइसक्छौं । यसका लागि सेनासहित विदेशी प्राविधिक तथा नेपाली निर्माण व्यवसायी संलग्न हुनेछन्’ खाँडले भने,’यो एसियन हाइ(वेको प्राइम क्लासको बन्नेछ ।’

सेनाले दु्रतमार्गको काम अघि बढाउन विभिन्न पाँच स्थानमा निर्माण बेस क्याम्प खडा गरिसकेको छ । अहिले पनि मार्गका विभिन्न भागमा पहिरो हटाउने लगायतका काम भइरहेको छ ।

सरकारले द्रुतमार्गको निर्माणको सबै जिम्मेवारी सेनालाई दिएको छ । सरकारले फस्ट ट्र्याकको कार्यबिधि पनि पनि पारित गरिसकेको छ ।

जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्रयाकको निर्माण सुरु भएको ४ वर्षमा सकाउने लक्ष्य छ ।

ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा(छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।

यो मार्ग ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली-इपा-गढी-छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।

फास्ट ट्र्याकले ललितपुरमा ७।६ किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६।७ र बारामा ७।६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।

यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६।२ किलोमिटरको यो ऽुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।

प्रतिलेन चौंडाइ ३।७५ मिटरको हुने छ भने उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुने खाँडले बताए ।

द्रुतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् ।

सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ ।

यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्ऽ राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।

यो मार्ग बनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।

सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ ।

सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिनेछ । मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।