काङ्ग्रेसलाई बलियो बनाउन विद्यार्थीहरुको भुमिका महत्त्वपूर्ण : नेता श्रेष्ठ

0 88

काठमाडौं, ४ असोज ।गत असोज १ गतेनेपाली काँग्रेसका नेता एबं पूर्व जलस्रोत राज्यमन्त्री रामबहादुर गुरुङले निशेधको राजनीतिले बिद्रोह हुने बताउनुभएको छ । लमजुङबाट काठमाडौं गएर अध्ययरत नेबिसंघमा आबद्ध बिद्यार्थीहरुले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।पार्टीमा हुने जुनसुकै प्रकारको निशेधले बिद्रोह निम्त्याउँछ, नेता गुरुङले नेबिसंघ लमजुङ–काठमाडौं सम्पर्क समिति प्रति संकेत गर्दै भन्नुभयो ,‘सबैको भावना र अस्तित्व स्वीकार्दै एकभएर जानुको बिकल्प छैन ।’

काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठले काँग्रेसलाई बलियो बनाउन बिद्यार्थीहरुको भुमिका महत्वपूर्ण हुने बताउँदै बिद्यार्थीहरु एकभएर जानुको बिकल्प नरहेको बताउनुभयो । उहाँले सबैको भावनाको कदर गर्दै बिधिपूर्वक चल्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डिकेन्द्र राज कंडेल, बिष्णुप्रसाद धिताल, गर्जबहादुर गुरुङ, र महिला नेतृ खशीमायाँ गुरुङले सम्बोधन गर्र्दै बिजयादशमी तथा दिपावलीको शुभकामना आदनप्रदान गर्नुभयो ।नेपाल बिद्यार्थी संघ प्रदेश नं। ४ का संयोजक एबं केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुबेदीले नेबिसंघलाई वास्तबिक बिद्यार्थीहरुको संस्था बनाउन आफुहरु लागि परेको बताउनुभयो ।

उहाँले नेबिसंघ लमजुङ काठमाडौं सम्पर्क समितिले गतिबिधि गर्न नसक्दा बिद्यार्थीहरुले स्वतस्फुर्त रुपमा गरेको क्रियाकलाप सराहनीय भएको बताउँदै उहाँले लामो समय देखि हुन नसकेको नेबिसंघ लमजुङ काठमाडौं सम्पर्क समितिको अधिबेशनको बारेमा केन्द्रमा कुरा उठाउने बताउनुभयो ।

नेबिसंघका केन्द्रीय सदस्य प्रकाश सेडाई, शुशील भट्ट र रामप्रसाद अधिकारीले संगठनलाई एकलौटी ढंगबाट सञ्चालन गर्दै बषौसम्म एकैब्यक्ति हावी हुनु संगठनका लागि हितकर नुहुने तर्क गर्नुभयो । उहाँहरुले तोकिएको समयमा अधिबेशन गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्ताण्तरण गर्न सके नेबिसंगको संगठन बलियो हुने बताउनुभयो ।

कार्यक्रममा तरुण नेता शुरेश पाण्डे, नेबिसंघ लमजुङ काठमाडौ सम्पर्क समितिका सचिब राजन दवाडी, नेपाली काँग्रेस क्षेत्र नं। १ का सह–सचिब एबं बिद्यार्थी नेता उत्तम बिश्वकर्मा, नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य रोशन कुताल लगायतको उपस्थिती रहेको थियो ।
सक्रिय बिद्यार्थी नेता सुवास घिमिरेको अध्यक्षता भएको भएको कार्यक्रममा बिद्यार्थी नेताहरु प्रबिण कंडेलले स्वागत र सुदीप अधिकारीले कार्यक्रमको औचित्य बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा उपस्थित भएका २ सय भन्दा बढी बिद्यार्थीहरुले नेबिसंघ लमजुङ काठमाडौं सम्पर्क समितिले क्रियाशील पनि नभएको र अधिबेशन पनि गर्न नखोजेको प्रति रोश प्रकट गरेका थिए । नेबिसंघ लमजुङ–काठमाडौं सम्पर्क समितिमा बिगत ८ बर्षदेखि अधिबेशन हुन सकेको छैन ।