च्याम्पियन्स लिग: लिभरपुल बराबरीमा रोकियो

0 20

लिभरपुल– तीन वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको इंग्लिस क्लब लिभरपुललाई स्पेनिस क्लब सेभिलले उसैको घरेलु मैदानमा २–२ गोलको बराबरीमा रोकेको छ।  एनफिल्डमा बुधबार राती भएको खेलमा अन्तिम समय लिभरपुलका जोए गोमेज रातो कार्ड पाएर मैदान बाहिरिन बाध्य भए। घरेलु टोलीको खराब डिफेन्सको फाइदा उठाउदँै सेभिलका विसाम बेन यादेरले ५ मिनेटमै गोल गरेका थिए।

लिभरपुललाई खेल बराबरीमा ल्याउन १६ मिनेट कुर्नु पर्यो, जब रोबेर्टो फिर्मिनोले २१ मिनेटमा गोल गरे। यसपछि खेलमा फर्किएको घरेलु टोलीका लागि ३७ मिनेटमा मोहम्मद साल्हाले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २–१ को अग्रता दिलाए। तर, त्यो पनि लामो समय टिक्न सकेन्। ७२ मिनेटमा अर्जेन्टिनी मिडफिल्डर जोकिन कोर्याले लिभरपुलको अर्को खराब डिफेन्सको फाइदा उठाउदै बराबरी गोल गरे।  समूह ‘इ’ अन्तर्गत यही समूहको अर्को खेलमा स्पार्टक मस्को र एनके मारिबरबीचको खेल पनि १–१ गोलको बराबरीमा रोकिएको थियो।