कतारबाट बाबुरामलाई चुनैती पुर्ण खुल्ला पत्र

0 94

बाबुराम दाइ हामी त पुराना भयौ भन्नू भयो आरोप लगाउनु भयो हाम्रो प्रश्न तपाईं कति नयाँ ? तपाइकै काल खण्डमा तपाईं कति वटा पार्टी मा बसेर काम गर्नु भयो त्यो अहिलका नामधारी नयाँ लाई बताइदिनुस न ! अनि तपाईं मोहन बिक्रम सिंह हुँदै कार्यगत एकता गर्दै ध्रुवीकरण हुँदै सयुक्त जनमोर्चा को नेतृत्वमा बहुदलीय ब्यबस्था आएसी निर्वाचनना जानू भयो । त्यसले सहि परिणाम न आएसी फेरि जनयुद्धको तयारी गर्दै माओवादी पार्टी को सत्ता प्रमुख बन्नु भयो र अहिले फेरि नयाँ शक्ति यी सब काल खण्डमा तपाइको मार्गमा लागेर १७ हजार सहिद भए ।

मेरो प्रश्न हामी हिजो जुन पहिचानमा थियौ त्यहि पहिचानमा बसेर गतिशील बन्न चाहन्छौ र समयले गतिशील बनाएको छ । राजनिती पनि आफैमा एक कोर्स हो त्यसैले हामिले त्यो कोर्स को अध्यन मात्रै होइन प्रयोगशाला मा प्रयोग गरेर आएका हस्ती पनि हौ ।त्यसैले हाम्रो प्रश्न ! के माओवादी बिरुद्ध हजुर ले पार्टी निर्माण गर्न लाग्नु भएको हो ? आखिर के कारण हो तपाइ माओवादी बिरुद्ध लाग्नु भयो सार्बजनिक गरिदिए आभारी हुने थियौ ।

हिजो सिंगापुर सुजरल्याण्ड को नागरिक बनाउनु भयो अब कुन देशको बनाउने हो बताइदिए आभारी हुने थिए । साथै हजुर का नाम धारी पन्च देखि कांग्रेस एमाले बाट आएका ,तपाइले शुरु गर्दा जनयुद्ध का दुश्मन हिजोको सेना प्रहरी र भगौडा सेना कसरी नयाँ भए र हामि कसरी पुरानो भयौ ? तपाईं र कम्रेड प्रचण्ड बिच नेतृत्व बारे एक अर्कालाइ सिध्याउन सम्म पछि पर्नु भएन । आज त्यही नेतृत्व कै कारण तपाईं माओवादी विरुद्ध लाग्नु भाको होर ? कि बाह्य शक्तिका कारण हुन ।

बिगत १९ महिना हजुर को नयाँ बिचातलाइ पनि हिर्दय देखि साथ दिएर लागियो तर केही भएन नामको मात्रै नयाँ र समृद्धि को कुरा गरियो तर उल्टो कार्यक्रताको गोजिको भएको पैसा रकम सिध्याउने काम गरियो । हजुर को आर्थिक क्रान्ती मा कति कार्यक्रताहरु समृद्धि भए ? कति बेरोजगार ले रोजगारी पाए ? जनताको प्रती ब्याक्ती आय कति प्रतिशत ले वृद्धि भयो ? तपाइको एक बौद्धिकता छ र देशलाइ चाहिने नेतामा तपाईं पनि एक हो तर नेता भनेको जनता र कार्यक्रता बिचको अन्तर घुलन तत्त्व हो । र संगठन निर्माण बिना शक्ति निर्माण हुदैन यी सबै गराउने क्षेमता तपाइमा पाइएन त्यसैले तपाईं अहिलेको २१ औसताब्दिमा नेपाली राजनीति भित्रको लाटो नेताको गाणाे तन्देरी नेता हौ ।

आजको युगमा नेपाली युवाहरु को चेतना ,उनिहरुको सोच बिचार लाई तपाइको बिचार ले माग पुर्ती गर्न सक्दैन सक्छ त मात्रै तपाइ बाट युवाले चाहेको देशमै भए पनि रोजगार पाउ देशमै गरि खान पाउ भन्ने धेरै सपना मध्य यो एक हो तर नेपाली युवाहरु कति बिकसित र चेतन शिल भएका छन कि देश छोडेर बिदेशमा संघर्स गरेर भए पनि देशको अर्थ तन्त्र र नेता पाल्दिएका छन त्यसैले उनिहरुको देशको अर्थ तन्त्र र नेता पालिदिने उनिहरुको नयाँ कि तपाईं ६३ बर्ष को नेपाली मिर्त्यु दरको हिसाबले रिटार्य नयाँ युवा ? यसको उत्तर पाउन सकिन्छ ? गरिबी र बेरोजगारी हाम्रो समस्या हुन । तर बिचार बाट नेपाली युवाको अगाडि तपाईं कसरी नयाँ बन्न सक्नु हुन्छ त्यसको आधारित उत्तर दिन सक्नु हन्छ ? हाम्रा समस्या अहिले रोजगारी मात्रै होइन हामी युवाहरु २१ सताब्दिमा बिकसित राष्ट्रहरुका बैज्ञानिक ,खेलाडी ,कलाकरिता,आफ्नो नयाँ सोचको प्रतिभा र नयाँ बस्तुको प्रस्तुती सहित हाम्रा युवाहरुले पनि खोज तलास र भु उपग्रहहरु को निर्माण गर्दै अन्तरीक्षमा पनि आफ्नो उपस्तिथि देखाउनु पनि हो ।

बिश्व बजारमा medium nepal का नयाँ नयाँ brand उतपादन गरेर बिश्व अर्थ तन्त्रमा आफ्नो पहुच पुराउनु पनि हाम्रा सपना छन । साथै हाम्रा बिश्व शक्तिशाली मान चित्रका उदयमान छिमेकी राष्ट्र भारत र चीन संग कसरी आफ्नो उपस्तिथि गर्ने र आफ्नो राष्ट्रियता र सुरक्षा नीति बारे कस्तो प्रकारको defence force बनाउने र दुबै देश बिच पनि भोलि हुन सक्ने द्वोन्द लाइ कसरी हामिले मितब्यइता गराउने र शक्ति सहित कसरी मिलाउने भन्ने बारे पनि हाम्रा सपना छन ।

१९५० पछि बनेको सानो देश इजरायल ले बिश्व परिवार भित्र आफ्नो सानो राष्ट्र लाई शक्तिशाली रुपमा स्थापित गरेको छ भने हामी त दोस्रो बिश्व युद्ध बाट पाएको brand name बहादुर को इतिहास छदैछ भने त्यो इतिहास को रक्षा र सम्मान गराउने पनि हाम्रो सपना छ बाबुराम दाइ । त्यसैले ” never complete the theories without practical .” त्यसैले तपाइको ५ स र समृद्धि हाम्रै पालामा भन्ने जुन theory छ त्यसलाइ आफ्नो संघसंगठनका भित्र practical life मा प्रयोग गर्न सक्नु भएको छैन ।

त्यसैले हजुर को नयाँ शक्तिमा एक त राजनीति गतिशील ,बेबिकशिल ,राजनीति अयोग्य ब्याक्तिहरुको जमात लिएर कुनै पनि हालतमा समृद्धि को नारा लिएर नयाँ शक्ति बन्ने वाला छैन । यसरी मेरो १९ महिना मा हजुर को पार्टी भित्र बसेर निभाएको भुमिका लाई मेरो दृस्ठि आँखा ले हेर्दा केवल माओवादी आन्दोलन लाई बिसर्जन गर्ने र माओवादी आन्दोलन लाई कमजोर पारी माओवादी नेतृत्व गणहरुलाइ सिध्याउने ठुलो युरोपेली योजना जस्तो लाग्छ र नेपाल मा फेरि कांग्रेस एमालेलाइ सत्तामा पुर्याएर यथा स्तिथिबादि शक्तिलाइ सत्तामा पुर्याउने अनि फेरि दोस्रो जनयुद्ध गराएर देशलाइ अफ़्रिकि,म्यानमार र सिरिया बनाउन खोज्ने योजना जस्तो बुझिन्छ ।

त्यसैले कलियुगमा डाक्टर बाबुराम भट्टराई को सिधाान्त ले पुर्ण रुपमा २१ नेपाली औं सताब्दिको युवाहरुको सोचलाइ पुर्णता दिन सक्दैन र नयाँ शक्ति यो पार्टी नभएर बिचार र बिचल्लीतहरुको जमात मात्रै बन्नेछ भन्ने मैले आङ्कलन गरे । मेरा माथिका प्रश्न को उत्तर आउने आशामा छु बाबुराम दाइ !