नेपाल राष्ट्र बैंकले दसैँका लागि २८ गते बुधबारदेखि नयाँ नोट सटही सुरु

0 56

काठमाडौं, २८ भदौ । नेपाल राष्ट्र बैंकले दसैँका लागि २८ गते बुधबारदेखि नयाँ नोट को सटही सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथली लगायत राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गत बुधबारदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दियको छ।

नेपाल राष्ट्र बैंकले तोकेको बैंक शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न ब्यबस्था मिलायको छ । राष्ट्र बैंकको नियम अनुसार नयाँ नोट एकजनाले २० हजार रुपैयाँसम्म साट्न पाउने छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट एक जनाले २७ हजार रुपैयाँसम्म नोट सटही गर्न सकिनेछ ।