गुर्जुधारामा अत्याधुनिक ड्राइभिङ्ग सेन्टर

0 317

काठमाडौं ,२७ भदौ । राजधानीको चन्द्रागिरि नगरपालिका– १२ स्थित गुर्जुधारामा अन्तर्राष्ट्रिय स्तरको ड्राइभिङ्ग सेन्टर निमार्ण भइरहेको छ । उक्त ड्राइभिङ्ग सेन्टर भेहीकल एकेडेमी एण्ड रिसर्च सेन्टरले करिव ५ करोड रुपैयाँको लागतमा १५ रोपनी क्षेत्रफल जग्गामा निर्माण शुरु गरेको हो । उपत्यकाकै ठुलो र अत्याधुनिक डाईभिङ्ग ईस्चिच्युट निर्माण गरी अन्तर्राष्ट्रियस्तरको ड्राइभिङ्ग कक्षा सञ्चालन गर्ने उद्देश्य रहेको संचालक रामनारायण घिमिरेले बताए ।

उनले डाईभिङ्ग सेन्टरमा नेपालको भौगोलिक अवस्था र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रशिक्षण सुविधा उपलब्ध गराउने समेत जानकारी दिए । कम्पनीका संचालक घिमिरेले प्राथमिक देखि एड्भान्स लेवलसम्मको प्रशिक्षणमा सैद्धान्तिक र व्यवहारिक कक्षाहरू सञ्चालन गरिने तथा एउटै थलोमा हेवि देखि लाईट सवारी साधनको प्रशिक्षण सुविधा उपलब्ध हुने समेत जानकारी दिए ।