प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद् ५४ सदस्यीय बनाउन लागेपछि

0 21

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद् ५४ सदस्यीय बनाउन लागेपछि उनको चौतर्फी आलोचना भएको छ ।
राजनीति शास्त्री प्रा.डा. लोकराज बरालले संविधानले २५ जनाको मन्त्रिपरिषद् बनाउन भने पनि यसको अनुसरण कसैले नगरेको नयाँ पत्रिका दैनिकसँग बताएका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ‘प्रधानमन्त्री देउवा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । संख्यात्मक रूपमा उहाँको मन्त्रिपरिषद् ठूलो हुन्छ । यसले जनतालाई निराश मात्रै बनाउँछ,’ उनले भनेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले देउवाको जम्बो मन्त्रिपरिषद् विस्तारले संविधानको उल्लंघन भएको बताएका छन् । उनले भनेका छन् – कांग्रेस–माओवादी गठबन्धन सरकारले राजनीतिक मूल्य–मान्यता, संविधान सबै एकपछि अर्को उल्लंघन गरिरहेको छ । जम्बो मन्त्रिपरिषद् कसको आड–भरोसामा बन्दै छ, समयक्रममा खुल्दै जाला । यसले सरकार के उद्देश्यका लागि सञ्चालित छ भन्ने कुरा स्पष्ट हुन्छ ।’
तर सत्तारुढ दल माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भने संक्रमणकालमा ठूलो मन्त्रिपरिषद् स्वाभाविक भएको बताएकी छन् ।