प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश २ मा चुनावी सभालाई सम्बोधन गर्ने

0 28

काठमाडौं,२५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जाने भएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस झर्नेछन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसका अनुसार २७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ । २८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा, २९ गते १ बजे सर्लाही र ४ बजे रौतहटमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्नेछन् ।

३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री देउवा मौन समय सुरु भएपछि मात्र काठमाडौं र्फकने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । प्रदेश २ का १३६ स्थानीय तहमा असोज २ मा स्थानीय चुनाव हुँदैछ ।