कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार

0 33

काठमाडौं २४ भदौ । कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ ।

बुटवलमा घर भई कतारमा बस्दै आएका लिला जीसीको समन्वयमा गुल्मी मदानेका राजेश घर्ती, खोटाङका दिनेश कटुवाल, गंगाबहादुर कटुवाल, वीरबहादुर खड्का, सुर्खेतका जीतबहादुर वीक, भोजपुरका इरज राई र संखुवासभाका पुष्प भारतीको उद्धार गरिएको हो ।

उद्धार गरिएका सातै जनालाई शनिवार नेपाल फर्काउने तयारी भएको कतारवाट उद्धारमा संग्लग्न भएका चन्द्र सुर्यप्रकाश शर्माले जानकारी दिए ।

विभिन्न प्रलोभनमा परी कतार पुगेका सातै जनाको उद्धार गरिएको र योभन्दा पहिले पनि २० जनाको उद्धार गरी नेपाल पठाइएको जीसीलाई उद्धृत गर्दै कतारबाट चन्द्र सुर्य प्रकाश शर्माले जानकारी दिए ।

राप्ती प्लेसमेन्ट सर्भिसबाट कतार पुगेका नेपालीहरु ५ महिनासम्म तलब नपाएपछि अलपत्र परेका थिए । उनीहरु अलपत्र परेसँगै जीसीलगायत केही नेपालीले उद्धारको पहल थालेका थिए ।

अलपत्र नेपालीलाई स्वदेश फर्काउन गुल्मी सेवा समाजले टिकट सहयोग गरेको छ ।