हरिवनको मेयरमा दिलिप राज भण्डारीको उम्मेदवारी

0 47

सर्लाही २३ भदौ । असोज २ गते हुन लागेको स्थानीय निर्वाचनको लागि हरिवन नगरपालिकाको मेयरमा दिलिप राज भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । उनले नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् ।

२०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका उनी हाल नेपाली कांग्रेस सर्लाहीको राजनीतिमा सक्रिय रहेका छन् । विभिन्न संघ संस्थामा आवद्धरही सामाजिक रुपमा जनतासँग अत्यन्तै नजिक रहेकाले त्यस क्षेत्रमा उनी ज्यादै लोकप्रिय छन् ।

उनले आफू मेयरमा विजयी भए २५ शैयाँको आधुनिक अस्पताल निर्माण गर्ने, जेष्ठ नागरिक तथा अशक्त नागरिकको लागि निशुल्क नगरबसको व्यवस्थ गर्ने, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने जस्ता महत्वपूर्ण घोषणा गरेका छन् । यसका अलावा शुसाशन, भ्रष्टाचार मुक्त र वातावरण मैत्री नगरपालिका निर्माण गरेर एक नमुना नगर बनाउने योजना उनको छ ।

युवाहरुमाझ चर्चित दिलिप राज भण्डारीले विशेषत युवाहरुको लागि स्वरोजगार तालिम, प्रविधियुक्त कृषि परियोजना, रोजगारीको सिर्जना हुने खालका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।