गोर्खाल्यान्ड आन्दोलन हाँकिरहेका दल र समूहका नेताबीच आन्तरिक विवाद

0 27

काठमाडौं,२३ भदौ । भारत पश्चिम बंगालमा गोर्खाल्यान्ड आन्दोलन हाँकिरहेका दल र समूहका नेताबीच आन्तरिक विवाद सुरु भएको छ । आन्दोलनकारी दलकै उच्च तहका नेपाली नेताले जारी आमहडताल खुलाउने/नखुलाउनेबारे विपरीत अभिव्यक्ति दिएपछि सर्वसाधारणमा अन्योल छाएको छ ।

दार्जीलिङसहित पहाडी क्षेत्रमा हडताल सुरु भएको ८५ दिन पुगेको छ । आजको नागरिक दैनिकले लेखेको छ ।जनजीवन अस्तव्यस्त भएपछि आमहडताल खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्न बिहीबार गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटि को बैठक र सभासमेत आयोजना गरिएको थियो । दार्जीलिङका भित्तामा टाँसिएका पर्चामा बिहीबार बैठक बस्ने जनाइएपछि त्यही बैठकले बन्दबारे ठोस निर्णय गर्ने आशा स्थानीयमा थियो । तर, बैठक आकस्मिक रुपमा स्थगित भएपछि आन्दोलनबारे अन्योल चुलिएको हो ।

आन्दोलनको यस अवधिमा आन्दोलनकारी दलका नेताबीच फाटोमसेत देखिएको छ । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङ र राज्य सरकारले बोलाएको वार्तामा सहभागी भएको भन्दै आन्दोलनकारीबीच अविश्वास उत्पन्न भएको छ ।