कस्तो छ ‘छक्का पन्जा २’को ट्रेलर

0 44

यो बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । चलचित्रका यस अगाडिका २ वटा गीतले औषत प्रतिक्रिया पाएका कारण पनि यसको ट्रेलर सबैका लागि प्रतिक्षामा थियो ।

विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, पि्रयंका कार्की, बषर्ा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकालको मुख्य भूमिका छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरमा वैदेशिक रोजगारको कथालाइ नै उठान गरिएको छ ।