जसलाई रोहिंग्या मुसलमानको दुश्मन मानिन्छ ,म्यानमारका बिन लादेन

0 29

म्यानमारको रोहिंग्या संकट एकपटक फेरि गहिरिँदै गएको छ । रोहिंग्या शरणार्थीलाई लिएर म्यानमारका छिमेकी मुलुकहरुको राय पनि अलगअलग छ ।

एकातिर म्यानमार छाडिरहेका रोहिंग्या मुसलमानका लागि भारतले आफ्नो ढोका बन्द गरिरहेको छ भने अर्कोतर्फ बंगलादेशले उनलाई शरण दिने बताइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी म्यानमारको भ्रमणको तयारीमा छन् र जानकारहरुका अनुसार दुई मुलुकबीच यस मुद्दामा बहस हुनेछ ।

को हुन् आशिन बिराथु ?

यो सबैका बीचमा म्यानमारका कट्टरपन्थी बौद्ध भिक्षु आशिन बिराथु एक पटक फेरि म्यानमारमा रोहिंग्या मुसलमानबिरुद्ध जारी हिंसालाई लिएर चर्चामा आएका छन् ।

समाचार एजेन्सी रोएटर्सका अनुसार इण्डोनेसियामा म्यानमारको दूतावासबाहिर रोहिंग्या संकटलाई लिएर बिरोध प्रदर्शन भएको छ ।

दूताबासबाहिर एकत्रित भएका प्रदर्शनकारीले हातमा आशिन बिराथुको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो ‘चरमपन्थी’

म्यानमारका बौद्ध भिक्षु अशिन बिराथुलाई उत्तेजक भाषणका कारण कट्टरपन्थी मानिन्छ । बिराथुलाई यो आरोप लाग्ने गरेको छ कि उनी आफ्नो भाषणबाट मुस्लिम अल्पसंख्यकको बिरुद्ध माहोल बनाउँछन् ।

सन् २०१५ को जनवरीमा अशिन बिराथुले म्यानमारमा संयुक्त राष्ट्रसंघकी बिशेष प्रतिनिधि याङगी लीलाई तल्लो स्तरको भाषा प्रयोग गरेका थिए ।

एक दशक पहिलेसम्म यी भिक्षुका बारेमा धेरै कम मानिसलाई जानकारी थियो । १९६८ मा जन्मिएका बिराथुले १४ वर्षको उमेरमा बिद्यालय छाडेर भिक्षु जीवन अपनाएका थिए ।

बिराथुलाई मानिसले तव चिने, जब उनी २००१ मा राष्ट्रवादी तथा मुस्लिमबिरोधी गुट ‘९६९’का साथ जोडिए । म्यानमारमा यस समूहलाई कट्टरपन्थी मानिन्छ तर, यस समूहका मानिसहरु त्यस आरोप स्वीकार गर्दैनन् ।

२००२ मा उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । तर, २०१० मा भएको राजनीतिक परिवर्तनसँगै उनी रिहा भए ।

र, सरकारले जसरी उनको अपराधमा राहत दियो, उनी सामाजिक सञ्जालमा धेरै सक्रिय हुन थाले । उनले युट्युब र फेसबुकबाट आफ्ना सन्देशको प्रचार गरे । फेसबुकमा उनको ४५ हजारभन्दा बढी फलोअर्स छन् ।

२०१२ मा जक राखिने प्रान्तमा रोहिंग्या मुसलमान र बौद्धबीच हिंसा भयो, तब उनी आफ्ना उत्तेजक भाषणका साथ मानिसको भावनासँग जोडिए ।

कसरी गर्छन् भाषण ?

उनको प्रवचन यो खास शैलीबाट सुरु हुन्छ, ‘तपाई जे गर्नुस्, राष्ट्रवादी तरिकाले गर्नुस् ।’

यसको अनलाइन प्रचार हुन्छ । तर, वास्तवमा बिराथुका भाषण साँच्चै नै निक्कै उत्तेजक हुन्छन् ।

एक पटक सोधिएको थियो कि उनी म्यानमारका विन लादेन हुन् ? उनले जवाफ दिए कि उनी यसलाई अस्वीकार गर्दैनन् ।

केहि रिपोर्टहरुमा उनले यो पनि बताउने गरेका छन् कि उनी शान्तिका लागि काम गर्छन् ।

सन् २०१३ को जुलाइमा टाइम्स म्यागाजिनले उनको तस्वीर कभर पेजमा छापेको थियो र त्यसको हेडलाइन थियो, ‘दि फेस अफ बुद्धिष्ट टेरर’ अर्थात ‘बौद्ध आतंकीको अनुहार’

उनका उपदेशमा बैमनश्यताको कुरा हुन्छन् र बिशेष गरी उनको निशाना मुसलमान समुदाय नै हुन्छन् । उनले यस्ता ¥यालीहरुमा पनि सहभागिता जनाए, जसले रोहिंग्या मुसलमानलाई तेस्रो देश पठाउने माग गरिरहेको थियो ।

भाषणहरुमा उनको आरोप हुन्छ कि मुसलमान समुदायले बौद्ध महिलाहरुलाई जवर्जस्ती धर्म परिवर्तन गराइरहेको छ ।

समर्थक र बिरोधी बराबर


उनी बौद्ध धर्मावलम्वी महिलाहरुले बिना सरकारी स्वीकृति अन्य धर्मका मानिससँग बिबाह गर्न रोक लगाउने कानूनको पक्षमा चलिरहेको अभियानको अगुवाई गर्छन् ।

यो भन्नु कठिन हुनेछ कि उनलाई म्यानमारका बौद्ध भिक्षु समुदायको समर्थन कति होला ? तर, उनको आलोचना पनि उत्तिकै हुन्छ ।

डर यस कुराको छ कि बिराथु बाहिरी संसारका अगाडि म्यानमारको बौद्ध समुदायको मुखौटा बनेर उभिएका छन् ।

थुप्रै मानिसको मान्यता के छ भने म्यानमार सरकार बिराथुलाई यसकारण झेलिरहेको छ किनकि उनी लोकप्रिय बिचारलाई बढावा दिइरहेका छन्, बिशेष गरी रोहिंग्या मुसलमानको बारेमा, जसबारे उ कुटनीतिक समस्याका कारण आफैं केहि गर्न सक्दैन ।

बीबीसीबाट