प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जना पक्राउ

0 29

काठमाडौं, १८ भदौ। प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई गरेको छ ।प्रहरीले महोत्तरी लोहरपट्टी ४ का २२ वर्षे कृष्णा शर्मालाई नागढुंगामा चेकजाँचका क्रममा प्रक्राउ गरेको जनाएको छ । उनको सहयोगमा लागुऔषध तस्करमा संलग्न बनेपाका ३० वर्षे जय श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेका छन् ।

उनको साथबाट झोलामा लुकाई राखेको डाइजेपाम र फेनार्गन र नुर्फन ४०र४० एम्पुल र नाइट्राजेपाम ६५० ट्याव्लेट गरी ७७० थान लागुऔषध बरामद गरिएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।