मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ

0 28

काठमाडौं, १८ भदौ । मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिधवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को खगाउँ ‘चनही’ को सिमानामा पुगेको छ । यसको कारण हो –बलान नदीले फेर्दै आएको धार ।

एकताका गिरहत (जमिनदार) को गाउँ भनेर चनिन्थ्यिो दिघवा । एक हजारभन्दा बढी घरपरिवार अटाएको गाउँमा किसानको बाक्लो बस्ती थियो । अन्न उत्पादनका हिसाबले यस क्षेत्रमै उम्दा रहेको दिघवा अहिले खाद्य संकटकमो मारमा छ । विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत भएको छ ।

गाउँको अस्तित्व बताइराख्न बाँध बनाइएको छ । स्थानीय राजलाल यादवले बाँधतर्फ औंल्याउँदै भने, ‘यहाँ हाम्रो गहिरो र फराकिलो पोखरी थियो । यो बाँधजत्तिकै उचाइमा अहिले बालुवाले पुरेर मरुभूमि बनेको ठाउँमा दिघवा गाउँ थियो । नदीले हामीलाई रित्तो बनाइदियो ।

गाउँको पश्चिमउत्तरबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो । छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस । तर, २०४६ ताका बलान अचानक गाउँतर्फ सोझिएर बस्ती डुबायो । गाउँ यहाँबाट पूर्वतर्फ विस्थापित भयो । तर, नदीले गाउँतर्फ कटान गर्न रोकेन । पाँच वर्षपछि फेरि बलानले बस्ती डुबायो । गाउँलेसँग अन्यत्र जाने विकल्प थिएन । कारण भएजति जमिन यहीँ थियो । आजको नागरिक दैनिकमा खबर छ ।