दशैंअघि कर्मचारी व्यवस्थापन सातै प्रदेशमा

0 22

काठमाडौं, १८ भदौ । मंसिरमा हुने प्रदेशसभा चुनावअघि नै मुलुकलाई संघीय संरचनामा लैजान सरकारले तयारी थालेको छ ।

सरकारले केही दिनमै सातवटै प्रदेशमा प्रशासकीय प्रमुख पठाउने तयारी गरेको छ । गृह मन्त्रालयले संरचनात्मक परिवर्तन गर्दै सातवटै प्रदेशमा एआईजीको नेतृत्वमा प्रादेशिक प्रहरी रहने तयारीलाई पूर्णता दिँदैछ ।

सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा सचिवसरह प्रदेश प्रशासकीय प्रमुख, सबै नगरपालिकामा उपसचिवसरह कार्यकारी प्रमुख र गाउँपालिकामा शाखा अधिकृतसरह कार्यकारी पठाउने तयारी गरेको छ । सातवटा प्रदेशमा मुकाम ९प्रदेश राजधानी० को टुंगो अझै नलागेकाले प्रदेशमा खटिने कर्मचारीलाई प्रशासनिक कार्यालय राख्न कठिनाइ भएको आजको नागरिक दैनिकमा खबर छ ।