उम्मेदवार छनोटमा सहभागी नगराएपछि पौडेल युएईतिर

0 22

काठमाडौं ,१८ भदौ। पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी टुंग्याएको थियो । तर, प्रदेश नं। २ मा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्कासहितका नेतालाई सहभागी गराइएको छैन ।

उम्मेदवार छान्न सहभागी नगराइएपछि नेता पौडेल बिहीबार राति युएई पुगेका थिए । नेपाल प्रेस युनियनको कार्यक्रममा भाग लिन युएई गएका पौडेल शनिबार फर्किएका छन् ।

उम्मेदवार चयन गर्दा कसलाई प्राथमिकता दिने भन्नेमै नेताहरू अड्किएका छन् । ‘उम्मेदवार बन्नेहरू १९–२० को हुनुहुन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरूबीच राय बाझिएका छन् । त्यसैले ढिलाइ भइरहेको छ ।’ जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूबाट केही तहमा छुट्टाछुट्टै उम्मेदवारको सूची आउने, केहीमा गुटगत रूपमा उम्मेदवार बनाउन नेताहरूबीच राय बाझिएपछि कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।