बालिका भिक्टोरिया आचार्यको मृत्युमा अस्पतालको कुनै लापरवाही नभएको नर्भिक अस्पतालले दाबी

0 21

काठमाडौं,१५ भदौ । १६ महिने बालिका भिक्टोरिया आचार्यको मृत्युमा अस्पतालको कुनै लापरवाही नभएको नर्भिक अस्पतालले दाबी गरेको छ । अस्पतालले बिहीबार पे्रस विज्ञप्ती जारी गरी परिवारका सदस्यहरुकै लापरवाहीका कारण बालिकाको मृत्यु भएको जनाएको छ ।

करिब पाँच दिन पहिले नै रुघाखोकी तथा ज्वरोबाट ग्रसित बालिकालाई अस्पताल ल्याउनुको सट्टा क्लिनिकमै उपचार तथा फलोअप गरी रोग अत्यन्त जटिल भएपछि मात्र अन्तिम अवस्थामा अस्पताल पुर्‍याइनु परिवारकै चरम लापरवाही भएको विज्ञप्तिमा उल्लेख छ ।

बालिकालाई मंगलबार विहान १० बजे अस्पतालको इमर्जेन्सी कक्षमा ल्याउँदा नै स्वास्थ्य गम्भीर रहेको तथा कडा निमोनिया कारण श्वास प्रश्वासमा समस्या हुनुका साथै कडा संक्रमण तथा श्वेत रक्तकोषिका केवल १०७० रहेको उल्लेख छ ।