१४ किलो सुनसहित पेम्वा दोर्जे शेर्पालाई सामासुशीबाट पक्राउ

0 28

काठमाडौं,१५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले १४ किलो सुनसहित सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्वा दोर्जे शेर्पालाई सामासुशीबाट पक्राउ गरेको छ ।

तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्‍याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका(११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामत गरिएको सीआईबीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।साथै उनको समूहले भारतमा पैठारी गर्न लागेको १ केजी सुनसहित ४ जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, ३४ वर्षीय राजेन्द्र खत्री र ३४ वर्षीय रविन खत्री छन् । त्यस्तै काठमाडौं, बानेश्वरका ३९ वर्षीय सरोज थापा, काभ्रे पाँचखालका ३८ वर्षीय बिष्णु गौतम र धनुषा जनकपुरका ३८ वर्षीय दीपककुमार साह छन् ।