संरक्षणको अभावमा गुल्मीमा खन्जना नाच र गीत

0 19

गुल्मी ,१४ भदौ। मालिका गाउँपालिका वडा नं.१ नेटामा रहेको खन्जना गीत तथा नाचको उचित संरक्षण हुन नसक्दा लोपउन्मुख अवस्थामा पुगेको छ ।

तीजको अवसरमा खन्जना मात्र गाउने र नाच्ने तर अघिपछि खन्जनाको खासै वास्ता नहुने र युवा पुस्तामा सिको नहुँदा लोप हुन थालेको स्थानीय ढालबहादुर बोहराले बताए ।

यसको व्यापक प्रचारप्रसार नहुँदा तथा उचित व्यवस्थापन गर्न नसक्दा खन्जना दिनप्रतिदिन विस्तारै लोपोन्मुख अवस्थामा पुगेको बोहोराको भनाइ छ ।

मगर समुदायमा केन्द्रित खन्जना आफ्ना पुराना पुर्खाले गाँउदै आएको स्थानीय बताउँछन् ।

खन्जनामा भगवान तथा देवीदेवताका गीतहरु महिला र पुरुषले सामूहिक रुपमा खन्जना गाउने र नाच्ने गरिन्छ ।

पछिल्लो समयमा युवा पुस्ताहरु पुरानो मौलिक संस्कृति भन्दा पनि आधुनिकता तर्फ बढी आर्कषित हुन थालेपछि पुरानो मौलिक संस्कृति खन्जना ओझेलमा पर्न थाले हो ।

पुरानो मौलिक संस्कृति खन्जनाको संरक्षणमा लागि परेता पनि दीगो रुपमा खन्जना जोगाउन धौ(धौ भएको समेत युवा समाजसेवी बोहोराले बताए ।

जिल्लाकै एक मात्र ठाँउ नेटामा खन्जना गाउने प्रचलन रहेको छ । जिल्लाको अयन्त्र कहिकतै ठाँउहरुमा पनि खन्जना नभएकोले आफ्नो ठाँउमा मात्र खन्जना रहेकाले संरक्षण गर्नुपर्नेमा खन्जना जानकार बोहोराको भनाइ रहेको छ ।