स्वाधिनता बचाउन नसके मुलुक खतरामा पर्छ: वराल

0 14

काठमाडौं । नेपाल हिन्दू राष्ट्र पुनस्र्थापना मञ्चका संस्थापक अध्यक्ष एवं ईञ्जिनियर विष्णुप्रसाद वरालले राजनीतिक दलका नेताहरुको अकर्मन्यताका कारण राष्ट्रिय स्वाधिनता खतरामा पर्दै गएको बताउनु भयो । देशको सीमा, राष्ट्रिय महत्वका विषयवस्तु र आफ्ना जनता विदेशी भूमिमा कस्तो अवस्थामा छन् भनेर खोजीखबर गर्ने तदारुकता समेत देखाउन नसक्दा नेपाली जनताले धेरै समस्या भोग्नु परेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली राजनीतिक वृत्तमा चर्चा भइरहने गरेको राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका कुरा राजनीतिक संगठन निर्माण र सत्तामा पुग्ने माध्यम मात्र बनाइने गरेकाले मुलुकको सीमा, सुरक्षा र समग्र आर्थिक व्यवस्था परनिर्भरता तर्फ उन्मुख हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । खासगरी नेपालको दक्षिण मुलुक भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालको सरकार र प्रमुख दलहरुले सही ढंगबाट बुझ्न नसकेर सत्ता प्राप्त गर्ने र सत्ता टिकाउने माध्यममात्र बनाउँदा समग्र मुलुक नै भारतपरस्त बन्न पुगेको भनाई उहाँको       धेरैजसो चर्चामा आइरहने १९५० को नेपाल भारत बीचको मैत्री सन्धी, सीमामा बनाइएका तटबन्ध, ब्यारेज, व्यापार तथा सुरक्षा लगायतका सन्धीहरुको समयानुकुल परिमार्जन गर्ने प्रस्ताव एक स्वाधिन छिमेकी मुलुकको हैसियतले सशक्त रुपमा भारतसमक्ष राख्न नसक्दा समस्या थपिंदै गएको छ । सरकार परिवर्तन हुनेवित्तिकै प्रधानमन्त्री स्तरीय भारत भ्रमण गर्ने गरिएता पनि त्यो कहिले नेपालको हितमा हुन नसकेको औंल्याउँदै उल्टै राष्ट्रघाती सन्धी सम्झौताको भारी बोकेर देश र जनतालाई धोखामा राख्ने काम मात्र हुने गरेको उहाँ बताउँनु हुन्छ ।

‘भारतले पूर्व देखि पश्चिमसम्म नेपाली सीमामा निर्माण गरेको सडक, ठूला तथा साना नदी नालामा बनाइएको बाँधले गर्दा क्रमिक रुपमा नेपाको तर्राइ भूमि डुवानमा पर्दै गएको छ । यस्तै प्रक्रिया चलिरहने हो भने नेपालको तराई भूमि निकट भविष्यमै मरभूमिमा परिणत हुनेछ । कोशी उच्च बाँध, टनकपुर, गण्डक जस्ता ठुला परियोजनाको जति विरोध भएपनि नेपालका प्रधानमन्त्रीहरु भारतभ्रमण जाँदा विरोध नगरी सहमति गरेरै आउने गरेका छन् । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा भारतीय सेना प्रमुखले नभने सम्म नेपाली सेनाले हतियार नचलाउने सम्मका सहमति गरेको चर्चा चलेको थियो । उहाँ भन्नु हुन्छ ‘अझ नेपाली नेताहरुलाई भारतमा कुन कामको लागि कसलाई भेट्ने कस्तो प्रस्ताव राख्ने र वेवास्ता गर्दासमेत कुटनीतिक मर्यादा विपरित व्यवहारको ख्याल नगरेको देख्दा आश्चर्य लागेको छ ।’

नेपाल भारत राजनैतिक तथा सांस्कृतिक विभागका मिसन सल्लाहकार समेत रहेका वरालले भारतको स्वार्थ नेपालको पानी र सुरक्षामै केन्द्रीत रहने गरेको छ । यो सवैलाई थाहाभएको विषय भएपनि यसलाई सरकार प्रमुख र मुख्य दलहरुले यसप्रति मौनता साध्ने गरेका छन् । भारतले निर्माण गरेका संरचनाका कारण नेपाली भूमि र नेपाली जनतालाई हानि नोक्सानी भए त्यसको क्षतिपूर्ति दिने अन्तर्राष्टिय« कानुनी व्यवस्था छ, तर नेपाले भारत समक्ष सशक्त रुपमा आफ्नो आवाज उठाउने गरेको छैन । यसको मुल कारण नै दलहरु भारतपरस्त राजनीतिमा केन्द्रीत रहेर हो । जसको परिणाम नाकाबन्दी जस्ता घटनाबाट प्रष्ट भएकै छ । ‘परनिर्भर भएर सत्ता टिकाउन भारतमै आश्रित रहने गरेकाले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता सम्पन्न मुलुकको हैसियतले कायम रहेको नेपालको अन्तर्राष्ट्रिय अधिकार के हुन्छ र देश र जनतालाई आवश्यक पर्दा कसरी आवाज उठाउनु पर्छ भन्ने समेत सरकार चलाउने नेतृत्वले विर्सिसकेका छन् ।’ उहाँले भन्नुभयो ।

भारतीय राजनीतिलाई नजिक बाट हेर्नुभएका वरालले भारतस्थित नेपाली राजदुतले कुनै विषयमा एउटा राजदुतको हैसियत अनुसार कर्तव्य पालना गर्न नसकेको तर्फ औंल्याउनु भयो । ‘एउटा समान्य प्रसाशकको भन्दा उल्लेख्य काम गर्ने क्षमता राख्दैनन् । भारतीय भूमिमा अप्ठेरोमा परेका नेपालीको उद्र गर्ने, शिक्षा, स्वास्थ्योपचार, सुरक्षा लगायतका विषयमा आफ्ना नागरिकको खोजी गरी के कस्तो अवस्था छ भन्ने सम्म पनि काम गर्न सक्दैनन् । यतिमात्र नभएर नेपालका सरकार प्रमुखहरुको भ्रमण र उहाँहरुले गर्ने सन्धी सम्झौताको अध्ययन गरेर राष्ट्रलाई हानि हुने नहुने निक्र्योल निकाली उचित परामर्श गर्नपर्नेमा सहभागी मात्र भएर औपचारिकता मात्र निभाउने परिपाटी देखिन्छ ।’ उहाँले भन्नुभयो । नेपाली जनताले विश्वमा कहीं कतै नभएको २४० प्रतिशत भन्दा बढी भन्सार महसुल तिर्न बाध्य छन् । यस्तो कुनै विषय कहीं उठाइंदैन । सवै आवश्यक वस्तु भारतबाट ल्याउने, राष्ट्रिय उद्योगधन्दा बन्द गराउने र व्यापार, पारवहन र सुरक्षा सन्धीका नाममा नदीनाला सुम्पने जस्ता कार्यले नेपालको स्वाधिनता खतरामा पर्दै गइरहेको छ । यसतर्फ ध्यान दिनु जरुरी भइसकेको उहाँको भनाई छ ।