बेपत्ता पारिएका व्यक्तिको संख्या ३१ सय १४ जना वेपत्ता पारिएको तथ्यां

0 20

काठमाडौं, १४ भदौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सशस्त्र युद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट ३१ सय १४ जना वेपत्ता पारिएको तथ्यांक छ । तर, शान्ति मन्त्रालयको तथ्यांकमा वेपत्ताको संख्या १४ सय ९५ मात्रै छ ।

उनीहरुको खोजीको माग गर्दै आयोगमा देशभरबाट तीन हजार ९३ वटा उजुरी दर्ता छन् । मन्त्रालयको भन्दा आयोगमा डेढ हजारभन्दा बढी पीडितको तथ्यांक छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

आयोगले प्रारम्भिक चरणको अनुसन्धानपछि अहिले १३ सय २० उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको प्रवत्ता रामहरि काफ्लेले बताए । त्यसमध्ये वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १ सय ५८ उजुरीमाथि छानबिन सुरु गरिसकेको छ ।

आयोगले कर्मचारी अभावमा अनुसन्धान प्रभावित भएको जनाएको छ । १३ सय २० उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरेपछि कर्मचारी अभावमा आठवटा मात्र समूह बनाएर काम गर्नुपरेको आयोगका एक सदस्यले बताए ।