प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयागी हातहरु कम भय

0 23

काठमाडौं,१३ भदौ । बाढी–पहिरोपीडितलाई सरकारी राहत प्रदानमा ढिलाइ भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड रुपैयाँ जम्मा भएको छ । बाढी, पहिरो र डुबानको दुई साता बितिसक्दा पनि राहत कोषमा इतिहासमै सबैभन्दा कम रकम जम्मा भएको हो ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर

राहतका लागि करोडौं रुपैयाँ घोषा गर्नेले पनि घोषणा अनुसार राहत रकम कोषमा जम्मा गरेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका उपसचिव लोकबहादुर कार्कीका अनुसार हालसम्म कोषमा तीन करोड ६२ लाख ७६ हजार नौ सय रुपैयाँ मात्रै जम्मा भएको छ ।

‘घोषणा गरेकाले पनि उद्धार कोषमा रकम जम्मा नगरिदिँदा कोष्मा रकम बढ्न सकेको छैन,’ उपसचिव कार्कीले भने ।