ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार दशैं तिहारको बहार

0 27

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । एलजीको एल–७ खरिद गर्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने अफरका साथमा हुवावेको ट्याब किन्दा एक मोबाइल फ्रिमा पाइने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने छन् । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरीदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन तथा दैनिक रुपमा टिभी, मोबाइल र पावर बैंक लगायत क्यास ब्याक सहितका उपहार पाउने व्यवस्था गरिएको ताम्राकार मोबाइल बजारले जनाएको छ । ताम्राकार मोबाइल कम्प्लेक्समा प्रवेशसँगै लक्की ड्रमा समाबेश हुन पाइने र जसका लागि कुपन भर्नुपर्ने ब्यवस्थासमेत मिलाइने भएको छ ।

मोबाइलका पारखीहरुको मनमा बसेको नेपालको एक मात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार हुने गरेको छ । हरेक वर्ष जस्तो यो वर्ष पनि दशंैदेखि तिहारसम्म हरेक दिन लक्की ड्रमार्फत क्यास ब्याक र हरेक दिनको लक्की ड्रबाट मोबाइल, पावर बैंक लगायतका उपहार वितरण गरिने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।

मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइलगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।