बिमलेन्द्र निधि प्रदेश २ को स्थानीय निर्बाचन अघि नै उपसभापति बन्ने सम्भाबना

0 28

काठमाण्डौं१२ भदौ । नेपालि कांग्रेसका पूर्वमहामन्त्री बिमलेन्द्र निधि प्रदेश २ को स्थानीय निर्बाचन अघि नै उपसभापति बन्ने सम्भाबना बढेर गएको छ।

भारत भ्रमणमा निस्कनु अघि सभापति शेरबहादुर देउवाले निधिलाई कार्यबाहक दिनुको कारण छिट्टै उपसभापति बनाउने संकेत भएको देउवा निकट स्रोतले जानेको छ ।

देउवाले चुनाब जेते उपसभापति भन्ने सम्भाबना रहेको भन्दै गत महाधिवेशनमा प्रतिनिधिहरुले मतदान गरेका थिए ।

यता, रामचन्द्र पौडेल पक्षले भने निधिलाई कार्यबहाक सभापति बनाईएको मा आपत्ति प्रकट गरेको छ । शनिबार भएको भेलाले आपत्ति प्रकट गरेको हो । हाल उपसभापति नभएको कारण सबै भन्दा बरिस्ठ केन्द्रीय सदस्य लाए कार्यबहाक दिनुपर्नेमा अन्यथा गरिएको पौडेल पक्षको दाबी रहेको छ ।