काठमाडौं खानेपानी, मेलम्ची अझै अनिस्चित, भारतीय कम्पनीसँगको ठेक्का रद्द

0 25

काठमाडौं,१२ भदौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो । जेआईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल,महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो ।

विदेशी परामर्शदाता दोहा इन्जिनियरिङ कन्सल्ट्यान्टले जेआईटीएफको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्न सिफारिस गरेको निर्देशनालयका एक अधिकारीले बताए । ‘ठेक्का अनुसार काम नभएको भन्दै कन्सल्ट्यान्टले सम्झौता रद्द गर्न सिफारिस गरेको छ ती अधिकारीले भने निर्देशनालयले तत्कालै रद्द गर्छ कि गर्दैन त्यो अहिले नै भन्न सकिँदैन ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले निर्धारित समयमा काम नगरेकाले ठेकेदार कम्पनीलाई चेतावनी दिइएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।