उपत्यकाका कुन नगर कति धनी ?

0 17

काठमाडौं, ११ भदौ ।अहिलेको अवस्थामा उपत्यकाका स्थानीय तह आन्तरिक स्रोतबाट चल्न नसक्ने देखिएको छ । उपत्यकाका सबै जसो स्थानीय तह सञ्चालन गर्न ठूलो अनुदान पाईरहेकाले आन्तरिक स्रोतबाट धान्न नसक्ने देखिएको हो ।

उपत्यकाका प्राय सबै स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी केन्द्रिय अनुदान आउने गरेको छ भने कतिमा आम्दानी भन्दा पनि बढी केन्द्रिय अनुदान आउने गरको छ ।

उपत्यकाका यी स्थानीय तहः

काठमाडौं महानगरपालिकाः
बजेटः ३ अर्ब ८ करोड
केन्द्रिय अनुदानः १ अर्ब २४ करोड

ललितपुर महानगरपालिकाः
बजेटः १ अर्ब २१ करोड
केन्द्रिय अनुदानः ७३ करोड २५ लाख

गोदावरी नगरपालिकाः
बजेटः ५७ करोड ७२ लाख
केन्द्रिय अनुदानः (करोड ७ लाख ९चालु आव)

बुढानिलकण्ठ नगरपालिकाः
बजेटः ३० करोड ७१ लाख
केन्द्रिय अनुदानः १६ करोड ११ लाख

कागेश्वरी मनोहरा नगरपालिकाः
बजेटः २७ करोड ९४ लाख
केन्द्रिय अनुदानः ९ करोड ६० लाख

तारकेश्वर नगरपालिकाः
बजेटः २४ करोड २७ लाख
केन्द्रिय अनुदानः १४ करोड ३२ लाख

नागार्जुन नगरपालिकाः
बजेटः २१ करोड
केन्द्रिय अनुदानः ९ करोड

शंखरापुर नगरपालिकाः
बजेटः ११ करोड
केन्द्रिय अनुदानः ३ करोड

महालक्ष्मी नगरपालिकाः
बजेटः ४० करोड
केन्द्रिय अनुदानः ३० करोड (चालु आव)

किर्तीपुर नगरपालिकाः
बजेटः २८ करोड ५७ लाख
केन्द्रिय अनुदानः २० करोड ३५ लाख

टोखा नगरपालिकाः
बजेटः २५ करोड
केन्द्रिय अनुदानः १४ करोड

गोकर्णेश्वर नगरपालिकाः
बजेटः २२ करोड
केन्द्रिय अनुदानः ८ करोड

चन्द्रागिरी नगरपालिकाः
बजेटः १५ करोड ७५ लाख
केन्द्रिय अनुदानः ७ करोड

दक्षिणकाली नगरपालिकाः
बजेटः ४ करोड ८० लाख
केन्द्रिय अनुदानः अनुदान ४ करोड