उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी बर्षा

0 19

काठमाडौं,११ भदौ । उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी बर्षा भएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बंगालको खाडीबाट आएको जल वाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले भारी बर्षा भएको हो ।

उपत्यका भित्र समेत एक ठाउमा पानी पर्दा अर्को ठाउँने नपरेको अवस्था छ । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पानी परेका ठाउँको मौसम एकैछिनमा खुल्ने छ ।

उपत्यकासहित आइतबार देशका धेरै ठाउँको मौसम सामान्यतया बदली भइ पानी पर्ने सम्भावना रहेको कँडेलले बताइन । पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी र पहाडी क्षेत्रमा समेत पानी परेकाले बाढी आउन सक्ने भन्दै नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ ।