आक्रमणको घोर भत्र्सना र निन्दा

0 39

काठमाडौं । रेडियो नेपाली आवाजका अध्यक्ष अशोकनाथ योगीले हालै कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं २, स्थित मोतिराम माध्यामिक विद्यालय हाताभित्रै केही व्यक्तिहरुको समुह प्रवेशगरी निमित्त प्रधानाध्यापक धर्मसिंह नाथ योगीलाई आक्रमण गरी ज्यानमार्ने प्रयास गरिएको प्रति विरोध गर्दै आक्रमणकारीलाई तत्काल कारवाही गर्न र शान्ति सुरक्षा प्रदानगर्न आह्वान गरेको छ । विज्ञप्तिमा बिधालयको अनियमितता ढाकछोप गर्न सार्बजनिकस्थलमा ज्यानमार्ने अभिप्रायले गरिएको आर्कमणको घोर निन्दा र भत्सना सहित सार्बजनिक अपराध ऐन अन्तर्गत हदै सम्मको कार्बाहीका लागि अपिल समेत गरिएको छ । प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार मोतीराम माध्यामिक विद्यालयका निवर्तमान प्रधानाध्यापक दानबहादुर बलमे राजिनामा दिएपछि उत्पन्न खर्च विवाद र व्यवस्थापन समित तथा अन्य आर्थिक हिनामिनामा संलग्न व्यक्तिहरुबीच चलिरेको खर्चसम्बन्धी विवादलाई दवाउन र आर्थिक अपचलनलाई लुकाउने हिसावले निरन्तर दवाव दिंदै समुहगत रुपमै आक्रमण भएको उल्लेख छ ।

भदौ ४ गते बाट सहमति भन्दै निरन्तर चलिरहेको बैठक र बिधालय संचालन भएको अबस्थामा भाद्र ९ गते दिउसो १ बजेको बिधालय समयमा निबर्तमान प्रधानाध्यापक दान बहादुर बमको नेतृत्वमा उनका भाई भतिजा धर्मबम बिर बम लगायतको टोली बिधालयमा प्रबेश गरी निमित्त प्रधानाध्यापक धर्मसिंह नाथ योगीलाई आर्कमण भएपछि उक्त घटना रास्कोट प्रहरी चौकी, जिल्ला प्रशाशन कार्यलय निवेदन समेत पेश गरिसकिएको छ ।