‘नालापानी’ निर्माण हुँदै

0 45

काठमाडौं । नालापानीमा भएको नेपाल र तत्कालिन ब्रिटिस सेनाबीच सन् १८१४ भएको युद्ध र त्यस युद्धमा नेपाली सेनाहरुले देखाएको गौरवपूर्ण वीरताको कथावस्तुलाई समेटेर ‘नालापानी’ नामक चलचित्र निर्माण गरिने भएको छ । राजधानीमा एक पत्रकार सम्मेलन मार्फत् नालापानीको कथावस्तुलाई चलचित्रको पर्दामा उतार्न लागिएको जानकारी दिइयो ।
पद्मा कुमारी फिल्मस् प्रा।लि ले निर्माण गर्न लागेको उक्त चलचित्र कात्तिक महिनादेखि नै छायाँकन शुरु गरिने निर्माता निर्देशक रिमेश अधिकारीले जानकारी दिए । चलचित्रमा अर्जुन जंगशाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दिपेन्द्र सिंह दर्नाल बिकेस श्रेष्ठ, विशाल पहाडी, विष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, प्रनिसा शाक्य, कृष्ण आचार्य, तुलसा थापा, किरन थापा लगायतका कलाकारहरुको अभिनय रहने छ ।