‘डीपीआर’ अध्ययन गर्दै सेना, भारतीय कम्पनीको फास्ट ट्र्याकको

रबिन्द्र घिमिरे

0 42

काठमाडौं , १० भदौ। नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माणका लागि भारतीय कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०को अध्ययन थालेको छ । सेनाले भारतीय कम्पनी आईएल एण्ड एफसीको डीपीआर कतिको उपयुक्त छ भनेर अध्ययन थालिएको बताएको छ ।

सरकारले सुरुवातमा दु्रतमार्गलाई ‘बूट’ प्रणालीमा निर्माण गर्ने गरी यो कम्पनीलाई डीपीआर तयार गर्न दिएको थियो । तर, पछि सरकारले दु्रतमार्ग सरकारले नै बनाउने निर्णय गरेपछि त्यो डीपीआर प्रतिवेदन त्यतिकै थन्किएको छ ।

 

यदि सो डीपीआर अनुसार फास्ट ट््रयाक बनाउन सकिने देखिए त्यसलाई ग्रहण गरेर अघि बढ्ने योजना सेनाले बनाएको छ ।

भारतीय कम्पनीले फास्ट ट््रयाकको डीपीआर आफूले तयार गरेकाले त्यसलाई सरकारले किन्नुपर्ने बताइसकेको छ । त्यसैले सो डीपीआर किनेर काम अघि बढायन सकिन्छरसकिँदैन भन्नेबारे सेनाले छलफल र अध्ययन थालेको हो ।

यसबारे छलफल चलिरहेकाले निर्णय भने भइनसकेको सेनाका प्रवक्ता झंकरबहादुर कठायतले अनलाइनखबरलाई जानकारी दिए ।
यदि सो रिपोर्ट उपयुक्त नभए सेनाले आफैंले अर्को डीपीआर तयार गर्नेछ । त्यसका लागि समय लाग्ने भएकाले भारतीय कम्पनीकै डीपीआर लिादा के हुन्छ भन्नेबारे सेनाले अध्ययन गरिरहेको छ ।

सेनाले दु्रतमार्गको काम अघि बढाउन विभिन्न पाँच स्थानमा निर्माण बेस क्याम्प खडा गर्ने गरिसकेको छ । अहिले पनि मार्गका विभिन्न भागमा पहिरो हटाउने लगायतका काम भइरहेको छ ।

‘डीपीआर नभएर अहिले काममा समस्या आएको छैन । तर, ढिला भयो भने पछि समस्या पर्छ’ प्रवक्ता कठायतले भने,’यो विषय छिटै टुंग्याएर अघि बढ्ने हाम्रो चाहाना छ ।’

सरकारले दु्रतमार्गको निर्माणको सबै जिम्मेवारी सेनालाई दिएको छ । सरकारले फस्ट ट्र्याकको कार्यबिधि पनि पनि पारित गरिसकेको छ ।
जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्रयाकको निर्माण सुरु भएको ४ वर्षमा सकाउने लक्ष्य छ ।

ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा(छुट्टै रुपमा कायर्र््िभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।

सेनाले अहिले सुरु गर्न लागिएको कामलाई प्रारम्भिक निर्माण भनेको छ । यो मार्ग ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली( इपा( गढी( छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।

फास्ट ट्र्याकले ललितपुरमा किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६।७ र बारामा ७।६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।

कस्तो बन्नेछ द्रुतमार्ग रु

यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६।२ किलोमिटरको यो द्रुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।

प्रतिलेन चौंडाइ ३।७५ मिटरको हुने छ भने उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुनेछ ।

 

द्रुतमार्गमा डेढ किलोमिटर २ मुखे सुरुङ पनि निर्माण गरिनेछ । मकवानपुरको ठिंगनबाट रातोमाटेसम्म दुई मुख भएका सुरु निर्माण गरिनेछ । सुरुङमार्गको बीचमा बचाव सडक पनि खोलिनेछ ।

सुरुङमा आइपर्ने दुर्घटनालाई मध्यनजर गरेर यस्तो सडक पनि खोल्ने योजना छ । एउटा सुरुङमार्गको चौंडाइ ९।५ मिटरको हुनेछ । यसको उचाइ ५।५ मिटरको हुनेछ ।

ऽुतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् ।
सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ ।

यसैगरी ऽुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्द्र राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।

यो मार्ग बनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।

सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ ।

सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिनेछ । मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।साभार अनलाईन खबर