जुम्लामा स्याउ टिप्ने सीजन भयपछी मानिसहरु लाई चटारो

0 25

जुम्ला,१० भदौ । पाकेपछि चन्दननाथ नगरपालिका–१ का काशीराम भण्डारीको दिनचर्या बदलिएको छ। उनी स्याउ टिप्न र भण्डारण गर्न व्यस्त छन्। स्याउ पाकेपछि बेच्न भ्याइनभ्याइ छ उनले भने। तलिउमका अमर रावल पनि स्याउ टिप्न र भण्डारण गर्नमै व्यस्त छन्। स्याउ टिपेर प्याकेजिङ, ग्रेडिङ र भण्डारण गर्नमै दिनचर्या बित्ने गरेको छ उनी भन्छन्।

उनीहरू प्रतिनिधि पात्र मात्र हुन्, स्याउ पाकेपछि किसानलाई बिक्री गर्ने चटारो छ। उनीहरू स्याउ प्याकेजिङ, ग्रेडिङ र भण्डार गर्न व्यस्त छन्। यस वर्ष स्याउको मूल्य प्रतिकेजी ५० रूपैयाँ तोकिएको छ, जुन अहिलेसम्मकै बढी हो। किसानले यसअघि प्रतिकेजी ३५ रूपैयाँमा स्याउ किनबेच गर्दै आएका थिए। यहाँको स्याउ मुलुकका मुख्य सहरमा पठाइने गरिएको छ।

यो वर्ष जिल्ला सदरमुकाममा डोकोमा स्याउ बेच्न आउने किसानको घुइँचो छैन। कारण हो– स्याउ उत्पादन घट्नु। कालो तुसारोले उत्पादन घटेपछि माग पुर्‍याउनै धौ–धौ भएको किसान बताउँछन्। कृषि कार्यालयका अनुसार कालो तुसारोले यस वर्ष स्याउ उत्पादन २५ प्रतिशतले घटेको छ। यो वर्ष ४ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयले प्रक्षेपण गरेको छ।

उत्पादन घटेपछि व्यापारी स्याउ किन्न बारीमै पुग्न थालेका छन्। बारीमै व्यापारी पुगेपछि किसान दंग छन्। बारीमै भनेको मूल्य पाइन्छ चन्दननाथ नगरपालिका–१ का जयप्रसाद देवकोटा भन्छन्, बारीमा प्रतिकेजी ५० रूपैयाँमा स्याउ किनबेच भइरहेको छ। स्याउ किन्न दैनिकजसो व्यापारी आउने गरेका उनी बताउँछन्। बारीमै पुगेर प्रतिकेजी ५० रूपैयाँमा स्याउ किनेको व्यापारी पूर्णप्रसाद आचार्यले बताए।

बारीमै प्रतिकेजी ५० रूपैयाँ पाउँदा पनि स्याउ नबेचेको स्थानीय मुनकोइला डाँगी बताउँछिन्। स्याउ राम्रोसँग नपाकेकाले केही दिनपछि बेच्ने योजना छ । उनले भनिन्।

यस वर्ष किसानले नै स्याउको मूल्य तोकेका छन्। किसानले प्रतिकेजी स्याउको मूल्य ५० रूपैयाँ तोकेका हुन्। यसअघि अर्गानिक स्याउ मूल्य निर्धारण समितिले मूल्य तोक्ने गरेको थियो। समितिले मूल्य निर्धारण गर्दा किसान मर्कामा परेपछि कृषि कार्यालयसँग समन्वय गरी मूल्य तोकेको किसानको भनाइ छ। जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत भरत कँडेल पनि किसानले नै मूल्य निर्धारण गर्न उपयुक्त भएको बताउँछन्।

किसानले स्याउको जाम, जेली, जुस, साइटर र स्याउ चाना बनाएर बिक्री थालेका छन्। तर, ती परिकारलाई आधुनिकीकरण हुन सकेको छैन।

किसान भने भण्डारणका लागि राज्यले चासो नदिँदा जुम्ली स्याउको महŒव घट्ने आशंका बढेको स्थानीय परिमल बुढा बताउँछन्। जुम्ली स्याउ यहाँको पहिचान हो। तर, यसको संरक्षण हुन सकेको छैन उनी भन्छन्।

किसानले स्याउको बजारीकरणमा समेत समस्या भोग्दै आएका छन्। स्याउ खेतीमा लाग्ने संक्रमण र नियमित रूपमा राजमार्ग सञ्चालन हुन नसक्दा किसानलाई मर्का परेको छ।

चन्दननाथ नगरपालिका श्रीढुस्काका तिलबहादुर रावल जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिए पनि सबै किसानको स्याउ प्राङ्गारिक प्रमाणीकरण हुन नसकेको बताउँछन्। कृषि कार्यालयले सिजनमा बाहेक अन्य समयमा वास्ता नगर्दा यस्तो समस्या भइरहेको उनको भनाइ छ।

जुम्लामा ३ हजार ४ सय ५० हेक्टरमा स्याउ खेती हुन्छ। १४ औँ जिल्ला परिषद्पछि जिल्लामा एक घर एक स्याउ बगैचाु अभियान सुरु भएको हो। त्यसयता अधिकांश किसानले बगैचा बनाएर स्याउ फलाएका छन्।

स्याउले धानिएको गाउँ

स्याउ बेचेर १२ लाख आम्दानी उर्थुका मुनबहादुर बिष्ट दंग छन्। गत वर्ष उनले १० लाख रूपैयाँ कमाएका थिए।पोहोरभन्दा अहिले राम्रो आम्दानी भयो उनले खुसी व्यक्त गरे।

स्याउ बेच्नमै उनको दिनचर्या बित्ने गरेको छ। यस वर्ष प्रतिकेजी ६० रूपैयाँमा बारीमै स्याउ बेचेको उनले बताए। उनले यस वर्ष २० हजार केजी स्याउ उत्पादन गरेका छन्। उनको बगैचामा १ हजार २ सय बिरुवा छन्। तीमध्ये झण्डै ७ सयमा स्याउ फलेका छन्।

सोही गाउँका रामबहादुर बिष्टले स्याउ बेचेरै तीन लाख रूपैयाँ आम्दानी गरेका छन्। स्याउ खेतीबाट घरमै सुन फलाउन सकिँदो रहेछ उनले भने, तर, यसको व्यवस्थापनमा जोड दिन सक्नुपर्छ।

परिवार पाल्नकै लागि कालापहाड जानुपर्ने बाध्यता नभएको स्याउ किसानले पुष्टि गरेका छन्। स्थानीय उजेली बिष्ट पनि स्याउ खेतीबाट राम्रो आम्दानी भइरहेको बताउँछिन्। रोग संक्रमण रोक्न सके राम्रै आम्दानी गर्न सकिन्छ, उनले भनिन्।

स्याउ खेती गरेर वार्षिक पाँच लाख रूपैयाँ बचत हुने बिष्ट बताउँछन्। दुई वर्षअघि स्याउ बेचेर गाउँमा एक करोडभन्दा बढी रकम भित्रिएको थियो, उनी भन्छन्, गत वर्ष भने असिनाले गर्दा खासै आम्दानी भएन। यस वर्ष पनि करोडभन्दा बढी रकम भित्रिन सक्ने बिष्टको अनुमान छ।

उर्थुमा १ सय १५ घरधुरी छन्। प्रत्येक घरधुरीले स्याउ खेतीबाट ३० हजारदेखि १२ लाख रूपैयाँसम्म आम्दानी गर्छन्।

२०४२र०४३ तिर गाउँका एकरदुई जनाले मात्र स्याउ खेती गर्थे। त्यतिबेला स्याउ बोरामा प्याक गरेर बाहिरी जिल्ला पठाइन्थ्यो, बिष्ट सम्झन्छन्। केही समयपछि मात्रै यहाँ व्यावसायिक स्याउ खेती थालिएको किसान बताउँछन्। अहिले स्याउ भण्डारणका लागि गाउँमै शित भण्डार खोलिएको छ। अहिले यहाँबाटै गाडीका गाडी स्याउ पठाउने गरेको उनी बताउँछन्।

स्याउ खेती गरेर बिष्टले घरपरिवारको खर्च टारेका छन्। यसकै आम्दानीबाट छोरी चाँदनीलाई उनले नेपालगन्जमा स्टाफ नर्स पढाइरहेका छन्। महिनामा ५० हजार रूपैयाभन्दा बढी आम्दानी हुन्छ, उनले भने।

यहाँका किसानले अन्य बाली छाडेर स्याउ खेती थालेका छन्। किसान स्याउको गुणस्तरबारे सचेत छन्। कृषि विज्ञको सुझाव अनुसार स्याउ खेती गर्ने, टिप्ने र भण्डारण गर्ने गरेकाले यहाँको स्याउ गुणस्तर छ, बिष्ट भन्छन्। आगामी ५ वर्षमा उर्थुलाई स्याउको नमुना गाउँ बनाउने किसानको धोको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत कँडेल उर्थुको स्याउ खेती जोसुकैलाई पनि लोभ्याउने खालको रहेको बताउँछन्। यो गाउँ स्याउ उत्पादनमा नमुना बन्दै गएको छ, उनी भन्छन्।