गृह मन्त्रालयले गत आर्थिक वर्षको राज्यकोषबाट ६ महिनामा बाँडियो साढे ८२ करोड

0 21

काठमाडौं,१० भदौ । गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम पहुँचवालाहरुलाई वितरण गरेको हो ।

नयाँ पत्रिका दैनिकका अनुसार आर्थिक सहायता, मृतक आर्थिक सहायता, उपचार सहायता, मधेस आन्दोलनका घाइतेलाई उपचार खर्चलगायतका शीर्षकमा सहायता पाउनेको संख्या १ हजार ३ सय ३० छ । आर्थिक सहायता पाउनेको नामावली भने गृहले गोप्य राखेको छ ।

मन्त्रालय स्रोतका अनुसार, उक्त रकम पूर्व गृहमन्त्री विमलेन्द्र निधिका पालामा मात्र बाडिएको हो ।