किन खाँदैनन् ब्राहमणहरु लसुन र प्याज ?

0 38

काठमाडौं – शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् ।

आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ : सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् ।
प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ ।

यसले कामोत्तेजना बढाउँछ । ब्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकि उनीहरू देवताको पूजा गर्छन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ ।
सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त भावनामध्ये सबभन्दा खराब भावना पैदा गर्छन् । उत्तेजना र अज्ञानतालाई वृद्धि गर्ने यस्ता खानेकुराले आध्यात्मिक मार्गमा हिँड्न दिँदैनन् र व्यक्तिको चेतनामा नकारात्त्मक प्रभाव पार्छन् ।
ध्यान र भक्तिमा लाग्ने व्यक्तिले लसुन प्याज खानै हुँदैन ।
काँचो लसुनमा बोटुलिजम ब्याक्टेरिया हुनाले स्वास्थ्यलाई हानि पु-याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा खराब भनेका छन् ।
हुनत लसुन प्याजले स्वास्थ्य बढाउँछन् र यी प्राकृतिक एन्टीबायोटिक हुन् भन्ने मान्यता पनि छ ।
तर अध्यात्ममा लागेकाहरूले लसुन र प्याज त्याग्ने सल्लाह दिन्छन् किनकि यिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गर्छन् । आयुर्वेदले पनि यौनशक्तिमा वृद्धिका लागि लसुन प्याज खान सिफारिस गरेको छ । त्यसैले अध्यात्ममा लागेका ब्राह्मणले लसुन प्याज खानु उचित हुँदैन ।

आयुर्वेदका अनुसार खाद्य पदार्थ तीन खाले हुन्छन् ।

१. सात्विक–यसभित्र शान्ति संयम, पवित्र र मनको शान्ति जस्ता गुणहरु हुन्छन् ।

२. राजसिक–यसमा उत्साह र खुसीका गुणहरु आउने गर्छन्

३.तामसिक–यसमा उत्साहा, क्रोध, अहंकार र विनाशका गुणहरु आउने गर्छन् ।

ब्राह्मणहरु लहसुन र प्याज अहिंसाका कारण खाँदैनन् । प्याज, च्याउ र लसुन राजसिक र तामसिक रुपमा बाँडिएका छन् । यसको अर्थ उत्साह र अज्ञानतामा वृद्धि गर्छन् । किनभने यसका कारण जमीनमा रहेका धेरै जिवाणुको मृत्यु हुनेगर्छ । यसका कारण यसको सेवनमा गर्न ब्राहमण अस्विकार गर्छन् ।

त्यस्तै अर्को तर्फ शास्त्रका अनुसार लसुन, प्याज र च्याउ ब्राहमण खान अस्विकार गर्छन् किनभने सामान्यतया यी खानाहरुले अशुद्धता बढाउँछन् । यी मिश्रित खानाहरु अुशद्ध खाद्यको श्रेणीमा पर्छन् । ब्राहमणहरुलाई पवित्रता बनाई राख्न पनि यस्ता मिश्रित खानाहरु खाने गर्दैनन् । देवीदेवताको पुजा गर्नका लागि पनि शुद्धताको नियममा चल्नुपर्छ । यी मिश्रित खानाहरु अुशद्ध भएका ब्राहमणहरु लसुन, प्याजदेखि पर रहन्छन् ।

केही मानिसहरु मान्छन् कि लसुन र प्याज खानाले व्यवहारमा समेत परिवर्तन आउने गर्छ । यसका कारण यिनीहरुको सेवन गर्दैनन् ।

सनातन धर्मका अनुसार प्याज र लसुन खानाले क्रोध बढाउने गर्छ र यसले अध्यात्मको मार्गमा समेत बाधा उत्पन्न गराउँछ । यसका कारण ब्राहम्णहरुलाई लाग्छ यिनीहरुको सेवन गर्नु हुँदैन ।