सरकारले रमजधानीमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने

0 22

काठमाडौं, ९ भदौ । सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको आजको ।

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । ‘सो क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट कनेक्टिभीटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणका प्रमुख प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘सो क्षेत्रमा नेटवर्क विस्तार गर्न इच्छुक कम्पनीको आवेदन माग गरिएको छ ।नागरिक दैनिकमा खबर छ ।

प्राधिकरणले सो क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क विस्तार गर्न इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिनसक्ने गरी ४ भदौमा सूचना निकालेको छ ।