उर्जा राज्यमन्त्रीलाई बधाई

0 52

काठमाडौं । नेपाल स्वयंसेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष तथा नेपाल सितोरियो कराते संघका सचिव गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले सर्लाही क्षेत्र नं १ बाट निर्वाचित व्यवस्थापिका संसद् सदस्य शम्भुलाल श्रेष्ठ उर्जा राज्यमन्त्री हुनु भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार उर्जा मन्त्रालयमा महासंघका प्रतिनिधि सहितको भेटका अवसरमा अध्यक्ष खपाङ्गीले खादा ओढाई बधाई दिएका हुन् । श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट अत्याधिक मतल्याई विजयी भएका थिए । उनले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पराजित गर्दै चामत्कारिक विजय हासिल गर्न सफल भएर चर्चा बटुलेका थिए । श्रेष्ठ उक्त क्षेत्रमा ज्यादै लोकप्रिय र जनतासँग प्रत्यक्ष सम्पर्कमा रहिरहने सक्रिय नेताका रुपमा समेत परिचित छन् ।