गुल्म कन्चनपुर गड्डा चौकीमा कार्यरत सशस्त्र प्रहरी जवान मृत्यु

0 28

 

कैलाली ८ भदौ । राजश्व तथा भन्सार अनुसन्धान गुल्म कन्चनपुर गड्डा चौकीमा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृत्यु अवस्थामा फेला परेको छ ।

भिमदत्त नगरपालिका(३ तिलकपुर स्थायी घर भएका २५ वर्षीय कुँवर काम सकेर बुधबार साँझ घर फर्केका थिए ।

मृतक कुँवुर भिमदत्त नगरपालिका(६ ऐठपुर नजिकै बिहीबार विहान सडकबाट केही तल मृत अवस्थामा फेला परेको राजश्व तथा भन्सार अनुसन्धान गुल्म कन्चनपुर गड्डा चौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

कुँवरले चढ्दै आएको म। २ प ६२३ नम्बरको मोटरसाइक समेत घटनास्थल नजिकै फेला परेको छ । कसैले कर्तव्य गरेको हो वा दुर्घटना भएको हो अहिले केहि भन्न नसक्ने भन्दै सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले अनुसन्धान पछि मात्रै थाहा हुने बताए ।

मृतक कुँवरकी श्रीमति र ५ वर्षकी १ छोरी रहेकी छन् । मृतक कुँवरका श्रीमती पनि सशस्त्र प्रहरीमा नै कार्यरत रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।