प्रदेश पठाइए एआईजी, तयारीविनै

0 25

काठमाडौं, ६ भदौ, । गृह मन्त्रालयले न्यूनतम तयारीविनै सात प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ । एआईजीका कार्यालय, जिम्मेवारी र मातहत कार्यालय खटनपटनसम्बन्धी कुनैखाले तयारी गृह र प्रहरी प्रधान कार्यालयले गरेका छैनन् ।

संघीय र प्रदेशसभा चुनावअगाडि नै प्रदेशमा एआईजी पठाउनु पर्ने बाध्यता देखाउँदै आएका गृहमन्त्री जनार्दन शर्माले आइतबार राति पदस्थापनको निर्णय गरेका हुन् ।

प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार तोक्न प्रहरी नियमावलीमा संशोधन हुन नै बाँकी छ । सरकारले उच्च अदालत राखिएका ठाउँमै प्रदेश प्रहरी कार्यालय बस्ने मन्त्री शर्माले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।