कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुईको मृत्यु

0 28

 

५ भदौ, कैलाली । कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस आज दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार मृतकहरुमा डोटी जोरायल गाउँपालिका(५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका(५ की ४८ वर्षीया दुर्गा देवी मल्ल छन् ।

घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । भने १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको बुढामगरले जानककारी दिए ।

बसमा २५ जना सवार रहेको र बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।