आईतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ कम

0 40

काठमाडौं, ४ भदौं । बजारमा आईतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ कम भएको छ । गत साताको शुक्रबार तोलाको ५५ हजार ५ सय रुपैयाँ तोकिएको छापावाल सुनको भाउ आज २ सय रुपैयाँ कम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ तोलाको ५५ हजार ३ सय रुपैयाँ छ ।

यस्तै, तेजावी सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला ७ सय ५० रुपैयाँ छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोवार भएको थियो ।